aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ माघ २०७६
उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।

सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताउँदै उनले राजीनामा दिएको स्पष्ट पारिन् । उनले आफ्नो दुई वर्षको कार्यकाल अविस्मरणीय रहेको पनि जनाईन् ।

प्रतिक्रिया दिनुहोस