
काठमाडौँ। वर्तमान विश्वको ठुलो चुनौतीका रुपमा देखिएको आर्थिक असमानताको पछिल्लो चित्र झन् भयावह देखिएको छ। पछिल्लो अध्यायन अनुसार विश्वका २ हजार १ सय ३३ जना अर्वपतिहरूसँग बाँकी अरब मानिससँग भएको कुल सम्पत्ति भन्दा बढी सम्पत्ति रहेको देखिएको छ।
अन्तर्राष्ट्रिय परोपकारी सँस्था अक्सफामले सोमबार प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनका अनुसार यस्तो देखिएको हो। सो संस्थाले विश्वभरका सरकारहरूलाई धनी र गरिव बिचको असमानता कम गर्न मद्दत पुर्याउने नीतिहरू कार्यान्वयन गर्न आग्रह समेत गरेको छ ।
यो रिपोर्ट विश्वका ठुला नेताहरु विश्व आर्थिक मंचको वार्षिक सम्मेलनको लागि स्विट्जरल्याण्डको डाभोसमा भेला भएका बेला सार्बजनिक गरिएको छ । "कोही मानिसहरु १०० बिलियन डलरको चाङ्गमा बसेका छन् भने अधिकांश मानिस जाति नै भुईंमा बसिरहेको छ", यसका लेखकहरूले भनेका छन्।
फोर्ब्सका अनुसार हाल अमेजनका संस्थापक जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति करिब ११६.४ बिलियन डलर छ। यस ग्रहको दोस्रो सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्ट हुन्, एक फ्रान्सेली अरबपति जोसँग लक्जरी सामान समूह एभीएमएचको स्वामित्व छ र उनको सम्पत्ति ११६ बिलियन डलर छ।
अक्सफामले नीति निर्माणकर्ताहरुलाई हालको असमानतालाई कम गर्न अबको दशकमा विश्वका धनीहरुलाई ०.५ प्रतिशतले कार बृद्दी गर्न आग्रह गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार धनीलाई करमा ०.५ प्रतिशतले वृद्धि गर्दा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरूमा ११७ मिलियन रोजगारी सिर्जना गर्न पर्याप्त रकम जुट्ने छ।
अक्सफामले असमानता न्यूनीकरणका लागि गरेका अन्य सुझावमा राष्ट्रिय सम्रक्षण प्रणालीमा लगानी गर्नु पर्ने, यौनवादको चुनौतीलाई चिर्नुपर्ने, पेशागत अधिकारको रक्षा गर्न कानून लागु गर्नेउपर्ने र कुनै निश्चित व्यक्तिमा चरम सम्पत्ती थुप्रिने कुराको अन्त्य गर्नु पर्ने कुरा समावेश छ।
उक्त रिपोर्टमा भनिएको छ, “अत्यधिक धनसम्पत्ति असफल आर्थिक प्रणालीको संकेत हो।सरकारले धनी र बाँकी समाजको बिचमा भएको खालको क्रान्तिलाई कम गर्न र असुरक्षित विकास र नाफामा सबै नागरिकको हितलाई प्राथमिकता दिन जरुरी छ।"
प्रतिक्रिया दिनुहोस