
काठमाडौं । मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
थाहा नगरपालिका ४, दामनस्थित एभरेस्ट पानोर रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् जिल्ला प्रहरी कार्यालय मकवानपुरलले ८ भारतीय पर्यटक होटलमा बेहोस भेटिएका सबैलाई उपचारका लागि काठमाडौं ल्याईएको जनाएको छ ।
प्रहरीका अनुसार, भारतीय पर्यटक ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस