
काठमाडौं । मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु भएको ह्याम्स अस्पतालकाले पुष्टी गरेको छन् ।
उनीहरुलाई मकवानपुरबाट काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।
प्रतिक्रिया दिनुहोस