aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अग्निविरूद्ध उम्मेदवारी परेन, १२ गते भोटिङ नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
अग्निविरूद्ध उम्मेदवारी परेन, १२ गते भोटिङ नहुने

काठमाडाैं । कृष्णबहादुर महारामाथी संसद सचिवालयकै महिला कर्मचारीमाथी बलात्कार प्रयासको अभियोग लागेपश्चात रिक्त सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नआएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सेतोपाटीलाई दिएको जानकारीअनुसार नेकपाबाहेक अन्य दलबाट सभामुखका लागि उम्मेदवारी परेको छैन ।

मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ ।

सभामुखमा अग्निविरूद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि भोटिङ नहुने भएको छ । अग्निका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थक देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण बोलेपछि जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस