aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

प्रदेश लेखा इकाई कार्यालय गाईघाटमा स्थापना

  • रिता राउत
    रिता राउत
  • मंगलबार, ०७ माघ २०७६
प्रदेश लेखा इकाई कार्यालय गाईघाटमा स्थापना

उदयपुर । आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश १  सरकारले  उदयपुरमा  प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ ।  जिल्लाको सदरमुकाम गाइघाटस्थित बोक्सेमा स्थापित कार्यालयको प्रदेशका सांसद अम्बिका थापा, विमल कार्की र हिमाल कार्कीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । 

भवन उद्घाटन गर्दै प्रदेश सांसदहरुले आर्थिक अनुशासनलाई पालना गर्ने गराउने निकायको रुपमासमेत रहेको सो कार्यालयको स्थापनाले वित्तिय व्यवस्थापनको सफल र प्रभावकारी कार्यान्वयन हुने बताएका छन् । 

त्यस्तै, लेखा अधिकृत गुरुप्रसाद दाहालले कार्यालय स्थापनासँगै जिल्लामा प्रदेशअन्तर्गत तथा माताहातमा रहेका सबै सरकारी कार्यालयको लेखा सञ्चालन हुने बताएका छन् । उनले शाखा अधिकृत जीवनराज भण्डारीको नेतृत्वमा छ जना कर्मचारी कार्यालयमा कार्यरत रहेका जनाएका छन् ।

कार्यालयका लागि आवश्यक प्रविधि तथा कम्प्युटर, ल्यापटप तथा अन्य सामानहरु पहिले नै जडान तथा व्यावस्थापन गरी कार्य सम्पादन थालिएको छ। सो कार्यालयमा धेरैजसो कामहरु अनलाईन प्रणालीबाट हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस