aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

वैदेशिक रोजगार ऐनका प्रावधान कडा पारिँदै, आउँदै छ यस्तो नियम

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • बुधबार, ०८ माघ २०७६
वैदेशिक रोजगार ऐनका प्रावधान कडा पारिँदै, आउँदै छ यस्तो नियम

काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धी ऐनका प्रावधान कडा पार्ने भएको छ। वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि यसअघि भएका निर्णय र व्यवस्थापनलाई कानुनी रुप दिन वैदेशिक रोजगार ऐन ०६४ लाई संशोधन गर्न लागिएको छ।

तोकिएभन्दा बढी सेवा शुल्क लिने म्यानपावर कम्पनीलाई २ लाख जरिवाना वा इजाजत पत्र रद्द, अन्तर्वार्ता अघि नै राहदानी र रकम लिनेलाई ३ वर्ष कैद र ५ लाख जरिवाना हुने व्यवस्था गर्न लागिएको छ।

त्यसैगरी ऐनको मस्यौदामा म्यानपावरबाहेक वैदेशिक रोजगारका नाममा भएको व्यक्तिगत लेनदेनका मुद्दासमेत प्रजिअले हेर्ने व्यवस्था गर्न लागिएको छ।

प्रतिक्रिया दिनुहोस