aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

डीआईजी अर्याललाई उत्कृष्ट बाहिनी अवार्ड

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, ०८ माघ २०७६
डीआईजी अर्याललाई उत्कृष्ट बाहिनी अवार्ड

काठमाडौं । सशस्त्र प्रहरी बलले यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड नम्बर २ छिन्नमस्ता बाहिनीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई बिहीबार हुन लागेको १९ औं सशस्त्र प्रहरी दिवसको वार्षिकोत्सवका अवसरमा सो अवार्ड प्रदान गरिने भएको छ ।

सशस्त्र प्रहरीले गतवर्षदेखि उत्कृष्ट बाहिनी अवार्ड दिन थालेको हो । बाहिनी कार्यालयमध्ये उत्कृष्ट काम गर्नेलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ ।सशस्त्रमा सात प्रदेशमा सातै र उपत्यका गरी आठ वटा बाहिनी कार्यालय छन् ।

गतवर्ष सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएको थियो ।

यसैगरी, सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हवल्दार ललितबहादुर खाम्चालाई यो वर्षको वर्ष जवान छनोट गरेको छ ।सशस्त्र प्रहरी बलले संगठनमा पुर्याएको योगदानको उच्च कदर गर्दै खाम्चालाई वर्ष जवान (२०७६) घोषणा गरेको हो ।

उनलाई पनि बिहीबार हुन गइरहेको वार्षिकोत्सव कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबाट वर्ष जवानको ट्याग प्रदान गरिने भएको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस