aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

तराई हुस्सुले ढाक्यो, जाडोबाट बच्न मौसमविदको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ माघ २०७६
तराई हुस्सुले ढाक्यो, जाडोबाट बच्न मौसमविदको अनुरोध

काठमाडौँ । केही दिनदेखी वर्षा गराउंदै आएको पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसंगै तराईमा हुस्सु/कुहिरोले जाडो बढाएको छ। आज बुधबार र भोलि बिहीबार तराइमा घाम लाग्ने सम्भावना कम भएको मौसमविदहरुले बताएका छन् । आज अपराह्नपछि  हुस्सु कम हुँदै जाने तर भोलि फेरी लाग्ने छ ।

आज काठमाडौं उपत्यकामा भने घाम लाग्ने उनीहरुले पूर्वानुमान गरेका छन् । देशभर नै पहाडी क्षेत्रका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना रहेको बताइएको छ। 

माैसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश भू-भागमा  हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । 

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज राती मौसम सामान्यतया सफा रहनेछ तर तराईमा भने बाक्लो हुस्सु लाग्ने छ । बिहीबार मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी  तराईका भू-भागमा हुस्सु रहनेछ। शुक्रबार देशभर आंशिक बदली रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस