aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

किन आकासिँदैछ सुनभन्दा महँगो प्यालाडियमको मूल्य  ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ माघ २०७६
किन आकासिँदैछ सुनभन्दा महँगो प्यालाडियमको मूल्य  ?

एजेन्सी।  पछिल्लो दुई हप्तामा, प्यालेडियमको मूल्य २५ प्रतिशत भन्दा बढिले बढेको छ। यसको मूल्य यो एक वर्षमा लगभग दोब्बर भएको छ। प्यालाडियम यस समय सुन भन्दा धेरै महँगो छ। प्यालाडियम धातुको मूल्य आउने दिनमा कम हुने लक्षण नै देखिएको छैन।

अहिले विश्व बजारमा एक औँस प्यालाडियमको मूल्य २५०० अमेरिकी डलर छ। साढे तीन औंस भनेको सय ग्राम बराबर हुन्छ । धेरैलाई थाहा नहुन सक्छ के हो त प्यालाडियम भनेको के हो? यो के को लागी प्रयोग गरिन्छ ? अनि यसको मूल्य किन यति धेरै बढ्दै छ ? 

प्यालाडियम के हो ?

प्यालाडियम एक चम्किलो सेतो धातु हो। यो धातु प्लेटिनम, रुथेनियम, रेडियम, ओस्मियम, इरिडियम समुहमा पर्छ । प्यालेडियम रूस र दक्षिण अफ्रिकामा ठूलो मात्रामा पाइन्छ। यो प्लेटिनम र निकेलको सह-उत्पादन (बाई प्रोडक्ट) को रुपमा निकालिन्छ।

यो केको लागि प्रयोग हुन्छ ?

प्यालेडियम पेट्रोल र हाइब्रिड सवारीको धुवाँ निष्कासन गर्ने निकास स्थलमा क्याटालिटरहरू प्रयोग गरिन्छ। प्यालेडियमलाई ८० प्रतिशत प्रतिशत कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड जस्ता विषालु ग्याँसहरूलाई कम हानिकारक ग्यासहरू जस्तै नाइट्रोजन, कार्बन डाइअक्साइडमा रूपान्तरण गर्न प्रयोग गरिन्छ।

यसबाहेक, प्यालाडियम विद्युत उपकरणहरु, दन्तचिकित्सा र गहनाहरुमा पनि प्रयोग गरीन्छ। यो धातुको मूल्य बढ्नुमा अर्को आश्चर्यजनक कारण पनी छ।  वास्तवमा, उत्प्रेरक कन्भर्टर चोरीको घटनाहरु संसारभर मा बढेको आधारमा पनी  यसको महत्वबारे बुझ्न सकिन्छ ।

बिबिसीले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार लन्डन प्रहरीले सन् २०१९ को पहिलो महिनामा मात्र यस्ता चोरीका घटनाहरू अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले बढेको जनाएको थियो ।

किन यसको मूल्य बढ्दै छ?

बिश्वब्यापी रुपमा प्यालाडियमको माग धेरै नै बढेको छ। जबकि प्यालाडियमको उत्पादन यसको तुलनामा धेरै कम छ। यो अवस्था अझै केहि समय रहने भएको कारण मूल्य बढ्नेक्रम जारी रहने संभावना छ।

विश्वभरि हुने प्यालाडियमको आपूर्तिको लगभग ४० प्रतिशत दक्षिण अफ्रिकामा उत्पादन हुने गरेको छ। तर, दक्षिण अफ्रिकाले हालै  प्यालाडियमलगायत प्लेटिनम समूहका धातुको उत्पादन गत वर्षको तुलनामा नोभेम्बरमा मात्र पनी १३.५ प्रतिशतले घटाएको बताएको छ।

यसैबीच, कार निर्माताहरुमा प्यालेडियमको माग गर्ने क्रम द्रुत गतिमा बढेको छ। चीनलगायत विश्वभरिका सरकारहरूले वायु प्रदूषणको समस्यालाई समाधान गर्ने प्रयास गरिरहेका छन् र यसका लागि पेट्रोल प्रयोघुने सवारी साधनहरूमा कडा नियमहरू लागू गरिएको छ।

उता युरोपमा डिजेलबाट चल्ने कारको बारेमा विवाद समेत शुरु भएको छ। त्यहाँ, ग्राहकहरूले डिजेल कार प्रयोग गर्न रुची  देखाउन छाडेका छन्। किनकि यस्ता कारमा प्राय जसो प्लेटिनम प्रयोग गरिन्छ। यसको सट्टामा, मानिसहरूले पेट्रोल कारहरू किन्न सुरु गरेका छन् जसमा प्रायः प्यालाडियम प्रयोग गरिन्छ।

हालै भएको अमेरिका र चीन बीचको व्यापार सम्झौताको कारण पनि यसको मूल्य बढेको बताइन्छ । व्यापारीहरूले यो सम्झौताले विश्वव्यापी अर्थतन्त्रमा दबाब कम गर्न र चीनको कार बिक्री सुधार गर्न मद्दत पुर्‍याउँछ भन्ने अनुमान गर्दै यदि कारको बिक्रीमा बढोत्तरी भएको खण्डमा प्यालाडियमको खपत बढ्ने निचोड निकाले पछी  यसको मूल्य झन् बढेको हो ।

प्रतिक्रिया दिनुहोस