
एजेन्सी। अईफोन निर्माता कम्पनी एप्पलले अत्यन्तै कम मूल्यमा आइफोन बिक्री गर्ने तयारी गरिरहेको समाचारहरु सार्वजनिक भएका छन्। केहि सम देखी अनुमान गरिए अनुरुप नै एप्पलले यस वर्षको मार्च महिनामा एक सस्तो आईफोन 'आईफोन एसई २' वा 'आईफोन ९' बजारमा ल्याउने सम्भावना बलियो बनेको छ।
ब्लूमबर्गले 'अब हामीसंग विश्वास गर्ने अझ बढी आधारहरु छन्' भन्दै आईफोनको उत्पादकले यसको ठूलो उत्पादन अर्को महिना भन्दा चाँडो नै सुरु हुन गर्न सक्ने जनाएको छ। ब्लूमबर्गले रिपोर्टमा एप्पलले कम लागतको आईफोन मार्चको शुरुवातमा नै सार्वजनिक गर्ने उल्लेख गरेको छ। त्यसको लागी ठूलो उत्पादन फेब्रुअरीमा नै सुरु हुने अपेक्षा गरिएको छ। रिपोर्टले आईफोनको निर्माणको काम फोक्सकन, पेगाट्रन र विस्ट्रोन जस्ता कम्पनीले विभाजित गरेर पुरा गर्ने अनुमान गरेको छ ।
रिपोर्टले कुनै यसको मूल्य कति हुन्छ र त्यसमा केके बिशेषता हुन्छन् भन्ने कुरा त खुलाएको छैन तर अघिल्लो रिपोर्ट अनुसार आईफोन ९ वा आईफोन एसई २ लाई ए १३ बायोनिक चिपसेटद्वारा संचालित गर्ने र अनुहारबाट प्रयोगकर्ता चिन्ने (फेस रिकोनाइज) फिचर सहितको हुने जनाइएको छ । यो आईफोनमा आइफोन ८ भन्दा ठुलो डिस्प्ले हुने अपेक्षा गरिएको छ। यसमा ५.४ इन्चको डिस्प्ले हुनेछ। एप्पल आईफोन ८ मा ४.७ इन्चको एलसीडी डिस्प्ले राखिएको छ। रिपोर्टमा भनिएकोछ, नयाँ आईफोनमा आईफोन ८ मा भएको भन्दा सुधारिएको क्यामेराको सुविधा प्रदान हुनेछ। साथसाथै एलईडी फ्ल्यास पनि अपडेट हुनेछ।
एप्पल विश्लेषकहरुका अनुसार त्यो आईफोनमा लिक्विड क्रिस्टल पाल्मर एन्टेना डिजाइन हुनसक्ने छ जसले वायरलेस ट्रान्समिशनमा सुधार गर्नेछ। बिभिन्न रङ्गमा उपलब्ध हुने यो फोनको सुरुवाती मुल्य ४०० डलर हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस