
काठमाडौं । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानमाथि अमेजन कम्पनीका मालिक जेफ बेजोसको फोन ह्याक गरेको आरोप लागेको छ । एजेन्सीहरूले जनाएअनुसार, बेजोसको फोनबाट डेटा चोर्न साउदी राजकुमारको फोन प्रयोग गरिएको थियो। साउदीले भने उक्त आरोप निराधार भएको जनाएको छ ।
अमेरिकास्थित साउदी दूतावासले उक्त आरोपलाई ुवाहियातु भन्दै छानबिनको माग गरेको छ। सञ्चार माध्यमहरूले भने उक्त ह्याक प्रकरण जमाल खशोग्गी हत्या प्रकरणसँग सम्बन्धित रहेको दाबी गर्दै आएका छन् । ुवासिङ्टन पोष्टुका लागि लेख्दै आएका साउदी पत्रकार खशोग्गीको टर्कीस्थित साउदी दूतावासमा हत्या भएको थियो। फोन ह्याक भएको भनिएका अमेजन कम्पनीका मालिक बेजोस वासिङ्टन पोष्टका मालिकसमेत हुन् ।
गार्डियन पत्रिकाले जनाएअनुसार, मोहम्मद सलमानको फोनबाट ह्वाट्स एपमा मेसेज आएलगत्तै बेजोसको फोन ह्याक भएको थियो। राजकुमार सलमानको इन्क्रिप्टेड भिडियो रिसिभ गर्नासाथु बेजोसको फोनबाट डेटा ट्रान्सफरको क्रम सुरु भएको थियो । यसबारे बेजोसले कुनै प्रतिक्रिया जनाइसकेका छैनन्। उनी मातहतको कम्पनी अमेजनले पनि मुख खोलेको छैन ।
एक अमेरिकी ट्याब्लोइड पत्रिकाले ुगोप्य स्रोतुलाई आधार बनाएर समाचार लेखेपछि घटना बाहिर आएको हो । साउदी दूतावासले आफ्नो राजकुमारमाथिको आरोप नकार्दै छानबीनमार्फत सत्य(तथ्य पत्ता लगाउन माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस