काठमाडौं । अन्नपूर्ण आधार शिविरमा हिमपहिरोमा बेपता भएका ४ चार जना कोरियन र तीन जना नेपाली गाइडहरुको खोजी कार्यको लागि नेपाली सेना सक्रियताका साथ अगाडि बढेको छ ।
माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार शिविरमा सक्रिय रहेका छन् ।
स्थानीय तथा अन्य पर्यटकको सूचनाको आधारमा आधार शिविरको हिउँ पहिरोमा सेनाले ५ मिटर तलसम्म खनेर उनीहरुको खोजी गरिरहेको छ ।
माघ ९ गते पनि बिहानैदेखि हिउँ खन्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ । माघ ७ र ८ गते नेपाली सेनाको टोलीले हिउँमा खनेर उनीहरुको उद्धारका लागि पहल गरिरहेको छ । तर यतिबेलासम्म कुनै उपलब्धि प्राप्त गर्न सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस