aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

विश्व व्यापार संगठनलाई ट्रम्पको अनौठो प्रश्न - अमेरिका किन विकासोन्मुख राष्ट्र होइन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
विश्व व्यापार संगठनलाई ट्रम्पको अनौठो प्रश्न - अमेरिका किन विकासोन्मुख राष्ट्र होइन ?

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूटीओबाट धेरै बर्षदेखि संयुक्त राज्य अमेरिकाको साथ धेरै अनुचित भएको बताएका छन्।
उनले संयुक्त राज्य अमेरिकालाई विकासोन्मुख राष्ट्र नमान्ने तर चीन र भारतलाई विश्व व्यापार संस्थाले विकासोन्मुख भन्दै आक्रोश पोखेका हुन्। 

डावोसमा विश्व आर्थीक मन्चमा बोल्दै उनले गुनासो गरे कि विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले उनको देशलाई "निष्पक्ष व्यवहार" गरेको छैन। त्यसैले चीन र भारतलाई विकासोन्मुख राष्ट्र मान्ने तर संयुक्त राज्य अमेरिकालाई त्यो रूपमा नलिने गरेको उनलाई चित्त बुझेको छैन। 

अमेरिकी राष्ट्रपतिले प्रेस सम्मेलनमा बोल्दै भने,"विश्व व्यापार संगठनसँग मेरो केही समयदेखि विवाद चलिरहेको थियो किनभने हाम्रो देशसँग राम्रो व्यवहार गरिएको छैन। चीनलाई विकासोन्मुख राष्ट्रको रूपमा लिइन्छ। भारतलाई विकासोन्मुख राष्ट्रको रूपमा लिइन्छ।'' उनले  अगाडी थपे,"जहाँसम्म मेरो कुरा हो, हामी एक विकासशील देश पनि हो।'

विश्व व्यापार संगठनलाई गाडीको संज्ञा दिंदै उनले भने,' त्यो गाडी बिना चीन चीन होइन, र चीन अहिले भएको ठाउँमा हुने थिएन। तिनीहरूलाई ठूलो क्रेडिट दिन्छु। त्यो गाडी विश्व व्यापार संगठन थियो।" 

"बेरोजगारी दर अब आधा शताब्दीमा सब भन्दा कम हो। मेरो प्रशासनमा जुन औसत बेरोजगारी दर रेकर्ड गरिएको इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपति भन्दा सब भन्दा कम हो।'

प्रतिक्रिया दिनुहोस