काठमाडौं । गोष्ठीमा सहभागी हुन अमेरिका गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छिन्। अमेरिकामा आयोजित एक गोष्ठीमा नगरपालिका संघमार्फत् गएकी उपमेयर नेपाली त्यहाँ गइसकेपछि कुनै खबर नगरेको नगरपालिकाले जनाएको छ ।
उपमेयर नेपालीले गत कात्तिक महिनामा अमेरिकामा हुने गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर गएपछि कुनै जानकारी नगराएको तिलागुफाका मेयर रत्न बहादुर शाहीले जानकारी दिए। उपमेयर नहुँदा अधिकांश योजनाका भुक्तानी दिन समस्या भएको मेयर शाहीले बताए।
नेपाली २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएकी हुन्।
प्रतिक्रिया दिनुहोस