aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

उदयपुरको साउनेमा दुई बस ठोक्किए, २६ घाईते

  • रिता राउत
    रिता राउत
  • विहीबार, ०९ माघ २०७६
उदयपुरको साउनेमा दुई बस ठोक्किए, २६ घाईते

उदयपुर । उदयपुरको साउनेमा दुई बस एक आपसमा ठोक्किदा २६ जना घाईते भएका छन् । विहिबार दिउँसो सगरमाथा राजमार्ग स्थित त्रियुगा नगरपालिका १४ जितपुरमा गाईघाटबाट साउने तर्फ जाँदै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा २ ख ५४१८ नम्बरको बस एक आपसमा ठोक्किदा खाँदा २६ जना घाइते भएका हुन् ।

मे १ ख १७४० न।को बसमा सवार खोटाङ दिप्रुङ गाउँपालिका– ७ निबासी १४ वर्षीय गौतम विक, ६० वर्षीय केदार विक, २० को राकेश राई, दिप्रूङ गापा–४ निबासी ५५ वर्षीय डम्बरकुमारी खत्री, दिप्रूङ गापा–५निबासी ३५ वर्षीय कल्पना थापा खोटाङ बाह्रापोखरी गाउँपालिका– १ निबासी ६० वर्षीय सानुमाया राई, त्रियुगा नगरपालिका–२ निबासी ६१ वर्षीय छत्रबहादुर मंग्राती, २७ वर्षीय पदम बोगटी, रौतामाई गाउँपालिका–५ ६ निबासी २९ वर्षीय सविन राई, रौगापा–५ निबासी ८ वर्षीय बसन्त राई र २५ वर्षीय विमला राई घाईते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बा २ ख ५४१८ नम्बरको  बसका चालक त्रिनपा–३ मिलन चोक निबासी सुरेश खड्काको खुट्टामा चोट लागेर घाईते भएको प्रहरीले जनाएको छ । त्यस्तै बसमा सवार दिप्रूङ गापा–४ निबासी ३९ लिलाकुमार श्रेष्ठ, १५ वर्षीया बिष्णु खड्का, बाह्रापोखरी गापा–१ निबासी ३९ वर्षीया ताराकुमारी श्रेष्ठ, ६४ वर्षीय गणेशबहादुर राई, ५ वर्षीय प्रबिन श्रेष्ठ, त्रिनपा–५ निबासी २३ वर्षीया सबिता राई, ४ वर्षीया सलिना राई, त्रिनपा–१४ निबासी ४५ वर्षीया थिराकुमारी मगर, ६४ वर्षीय भरत मगर, २१ वर्षीय पेसल मगर, ४२ वर्षीय एकबहादुर   कट्वाल,  ४५ वर्षीया गंगामाया मगर, त्रिनपा–१५ निबासी ४८ वर्षीय लिला पराजुली र रौगापा–५ निबासी १९ वर्षीय भुपेन्द्र मगर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मे १ ख १७४० नम्बरको बसका चालक त्रिनपा–१५ रानिबास निबासी यमन थापा फरार भएकाले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस