काठमाडौं । काठमाडौं महानगरले काठमाडौंभित्र रहेका सबै होर्डिङ बोर्ड ७ दिनभित्र हटाउन सूचना जारी गरे पनि उक्त सुचनाको मुल्याङकन नहुने भएको छ । महानरपालिका भित्र सरकारले तोकेका रणनितिक सडकमा यो हप्ता भित्र होर्डिङ बोर्ड हटाइसक्ने माहानरीय प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
काठमाडौंका मुख्य सडक एयरर्पोट देखि सोल्टि मोड चोकसम्म, त्रिपुरेश्वरबाट महाराजगञ्ज माइति घरबाट महाराजगंज आउँदो हप्तासम्म सबै होडिङ बोर्ड हटाएर सफा बनाउने भएको छ । उक्त सडकमा हाल २०० स्क्वाय फिटसम्मका २७ वटा होर्डिङ बोर्ड हटाइसकेको र साना बोर्डको तुलनामा झ्याल छेकेर राखेका, सौजन्य गरेर राखेका, र एउटा पसलले एउटा भन्दा धेरै राखेका जस्ता ठाउँको होर्डिङ बोर्ड यो हप्ता भित्र हटाउन लागिएको सापकोटाले बताए ।
महानगर भित्र २०० स्क्वाय फिटका बोर्डहरू ५० वटा भन्दा मुनि रहेका र साना होर्डिङ बोर्ड २८०३ वटा रहेका छन् । महानगरभित्र रहेका ठुला ५० वटा बोर्डहरू यो हप्ता भित्र हटाइसक्ने सापकोटाले आर्थिक न्युजलाई जनकारी दिए ।
महानरपालिका भित्र रहेका ११ मिटर वा त्यो भन्दा ठुला सडकको दायाँ बायाँ रहेका बोर्डहरू यो आर्थिक वर्ष भित्र हटाइसक्ने लक्ष्य महानरीय प्रहरीले लिएको छ । आफ्नो व्यवसाय गरेर बसेकाहरूको लागि आफ्नो संस्थाको जानकारी दिनको लागि आफ्नो व्यवसायको क्षमता अनुसार एउटा पसलमा एउटा बोर्ड राख्न पाइने तर सहरनै कुरूप हुने गरी राख्न नपाइने उनको भनाइ छ ।
उनले भने ‘बोर्ड हट्ने भनेर साना साना चाहिँ हट्दैन एउटा पसलले आफ्नो क्षमता अनुसार एउटा बोर्ड राख्न पाउँछ । उसले डिजिटल बोर्डनै राख्नु पर्छ भन्ने छैन काठले खोपेर, फलामकोे, बत्ती बल्ने बोर्ड राख्न सक्छन जुन बाहिरी रूपमा असर नपर्ने गरी राख्न सकिन्छ’ । महानगरले जारी गरेको ऐन नियम पटक पटक भन्दा पनि अटेरगर्नेहरूलाई जरिवाना सहित कारबाहि पनि गर्ने सकिने सापकोटाको भनाइ छ ।
।
प्रतिक्रिया दिनुहोस