aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भ्रमण वर्षलाई लक्षित गरी महानगरले दियो फ्रि वाइफाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
भ्रमण वर्षलाई लक्षित गरी महानगरले दियो फ्रि वाइफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरि काठमाडौंका पर्यटकीय स्थलहरूमा निःशुल्क वाईफाइको व्यवस्था गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले वल्डलिंकसँगको सहकार्यमा निःशुल्क वाईफाईको व्यवस्था गर्न लागेको हो । यसका लागि महानगरका मेयर विद्यासुन्दर शाक्य र वल्र्ड्लिंकका निर्देश विजयकुमार जलानबीच सहमति भएको छ । 

भ्रमण वर्षमा भ्रमण गर्ने पर्यटकलाई कुनै कुनै अप्ठ्यारो पर्दा नेटको सुविधाबाट आफ्नो समस्याहल गर्न सकोस भन्ने उद्देश्यले महानगरले पर्यटकीय स्थलमा वाईफाईको व्यवस्था अबको केही दिनभित्रै गर्न लागेको महानगरले जनाएको छ ।

काठमाडौ महानगरपालिकाले इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनी वल्र्ड्लिंक कम्युनिकेसनसँगको सहकार्यमा निःशुल्क वाईफाई सेवा दिने तयारी गरेका हो । 

महानगरले चावहिलको बौद्ध स्तुप, शंखमुलको शंखपार्क, बानेश्वरको छक्कुबक्कु पार्क, बसन्तपुर, बौद्ध, हनुमानढोका, पशुपति मन्दिर परिसर, बालाजु बाईसधारा पार्क, शंकधर पार्क, स्वयम्भुनाथ क्षेत्रमा मर्मतसम्भार गर्ने र चौविसै घन्टा वाईफाई सेवा प्रदानगर्ने काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए । 

हरेक क्षेत्रमा पर्यटक अगामनको संख्या फरक हुने भएकाले त्यहिअनुसार, इन्टरनेट जडान हुने भएको छ । बौद्ध क्षेत्रमा एकपटकमा दुई सयदेखि पाँच सय, बसन्तपुर र स्वयम्भुमा दुई सयदेखि तीन सय, बाईस धारामा दुई सयदेखि सात सय, शंकमुलपार्कमा ५० देखि दुई सय र पशुपति क्षेत्रमा दुई सयदेखि सात सय जनाले  एकै पटक इन्टरनेट प्रयोग गर्न सक्नेछन्।

हरेक क्षेत्रमा पर्यटक अगामनको संख्या फरक हुने भएकाले त्यहिअनुसार, इन्टरनेट जडान हुने भएको छ । बौद्ध क्षेत्रमा एकपटकमा दुई सयदेखि पाँच सय, बसन्तपुर र स्वयम्भुमा दुई सयदेखि तीन सय, बाईस धारामा दुई सयदेखि सात सय, शंकमुलपार्कमा ५० देखि दुई सय र पशुपति क्षेत्रमा दुई सयदेखि सात सय जनाले  एकै पटक इन्टरनेट प्रयोग गर्न सक्ने महानगरको भनाइ छ ।     

प्रतिक्रिया दिनुहोस