काठमाडौं । गण्डकी प्रदेशका सत्तारुढ नेकपाका सांसद दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराको लेकसाइडवाट उनलाई प्रहरीले पक्राउ गरेको हो । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मंगलबार कुटपिट गरेपछि उनीविरुद्ध उजुरी दर्ता भएको थियो।
जिल्ला प्रशासन कार्यालयले पक्राउ अनुमति दिएपछि प्रहरीले उनको खोजी गरेको थियो । प्रशासनले प्रहरीलाई जुनसुकै समयमा पक्राउ गर्ने अनुमति दिएकोले मनाङ्गेलाई प्रक्राउ गरिएको प्रहरी जनाएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई मंगलबार कुटपिट गरेपछि उनीविरुद्ध उजुरी दर्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस