aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एकै परिवारका सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
एकै परिवारका सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ ।
    
उनीहरुका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत  रहेका छन् । गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका थिए । 

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको  प्रेमराज जैशीले बताए । उनले भने, “मेरा छोरा छोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र ।”

प्रतिक्रिया दिनुहोस