भारतको बिहारमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपालतर्फका सीमा नाका बन्द गरिएको छ । विहारसँग जोडिएको देशको प्रमुख नाका वीरगञ्ज भन्सार ठप्प भएको छ । अत्यावस्यक इन्धनका गाडी प्रवेस गर्न दिने भनिए पनि इन्धनका ट्याङकरहरूसमेत रोकिएका छन् ।
जसका कारण भारतमा तेल लिन गएका र तेल भरेर आएका ट्याङकर मितेरी पुलमै रोकिएका छन् । वीरगञ्ज भन्सार आइतबारसम्म बन्द हुनेछ । आइतबार चुनाव सकेपछि मात्रै नाका खुल्ने भारतीय अधिकारीहरुले बताएका छन् । चुनावी सुरक्षालाई मध्यनजर गर्दै ३ दिनसम्म सीमानाका बन्द गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।
नेपाल तर्फको निर्वाचनका समयमा पनि सुरक्षालाई मध्यनजर गर्दै दुई देशको सीमानाका बन्द गर्ने चलन अनुसार नै भारतको निर्वाचनको समयमा पनि दुई देशको सीमा नाका बन्द गरिएको हो ।
प्रतिक्रिया दिनुहोस