aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अग्‍नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
अग्‍नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सभामुखमा निर्विरोध नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध रिट दायर गरेका हुन् । त्रिपाठी द्वन्द्वकालीन मुद्दा मामिलालाई पेशाको रुपमा अप्नाउने कानुन व्यवसायी हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखको उममेदवार बनाउने निर्णय गरेलगत्तै उनीलगायतका केही द्वन्द्वकालीन मुद्दाको एकपक्षीय वकालत गर्नेहरुले विरोध गरेका थिए ।

त्रिपाठीले सर्वोच्चमा शुक्रबार रिट दायर गर्दै सापकोटालाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेका छन् । रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्नुपर्ने भनिएको छ ।

द्वन्द्वकालीन घटनाको छानबिन गरेर कारबाहीको सिफारिस गर्न शान्ति सम्झौताअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएर काम थाले पनि केही संघसंस्था र व्यक्तिले आफुअनुकुल द्वन्द्वकालीन मुद्दालाई ब्याख्या गर्दै आएका छन् ।
 

प्रतिक्रिया दिनुहोस