aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हात्तीछापको ‘छाप’ गोल्ड स्टरमा अझै गाढा

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • शनिबार, २८ बैशाख २०७६
हात्तीछापको ‘छाप’ गोल्ड स्टरमा अझै गाढा

केही वर्ष अघिसम्म एउटा रेडियो विज्ञापन निक्कै लोकप्रिय थियो ‘ममी हात्ती बलियो कि हात्तीछाप चप्पल ?, उस्तै उस्तै हो नानु’ यो विज्ञापनको प्रभाव यति धेरै थियो कि गाउँका कुना कन्दरादेखि शहरका गल्लीसम्म यसको चर्चा हुन्थ्यो । कतिसम्म भने नेताका भाषणदेखि संसदको बहससम्म पनि उक्त विज्ञापनको अंश सापटी लिने गरिन्थ्यो ।

जन–जनको जिब्रोमा झुण्डिएको उक्त विज्ञापनका कारण कम्पनीले आफ्नो ब्रान्डिङ पनि गर्दै गयो । विज्ञापनसँगै हात्तीछापको लोकप्रियता पनि बढ्यो । सँगसँगै किरण सुज म्युनुफ्यक्चर्सको अर्को उत्पादन गोल्ड स्टार जुत्ताले पनि उपभोक्ताको मन जित्न सफल भयो ।

द्वन्द्वकालका बेला गोल्ड स्टारप्रति हेर्ने दृष्टिकोणका कारण केही समय समस्या भए पनि हिजोआज फेरि यो ब्रान्ड स्थापित भएको छ । नेपालमा मात्रै होइन भारतका प्रयोगकर्ता र नेपाली रहेका अन्य विदेशी भूमिमा समेत यसको लोकप्रियता चुलिँदै गएको छ । यतिबेला आक्रामक बजार विस्तार गर्दै आएको गोल्ड स्टर जुत्ताको उत्पादक किरण सुज म्युनुफ्यक्चर्स प्रालिका मार्केटिङ एन्ड ब्रान्डिङ डाइरेक्टर विदुषी राणासँग कम्पनीको आगामी रणनीति र समग्र जत्ता उद्योगको स्थितिका सम्बन्धमा आर्थिकन्युज डटकमले गरेको कुराकानी

नेपाली पहिचान बोकेको नेपालीलाई पनि सँगै लैजानुपर्छ भन्ने सोचका साथमा नेपालकै उत्पादन खोज्नुपर्ने बेला पनि भयो । अहिले नेपालीहरु नेपाली जुत्ता लगाउन पाउँदा गर्व महशुस गर्छन् । त्यहाँको ओर्जिनल जुत्ताको सस्तो मूल्य तिर्न नोपलीहरु तयार हँुदैनन् त्यो भनेको सोचाइ हो । यस्तो सोचलाई परिवर्तन गर्न केही समय लाग्छ ।


हात्तीछाप चप्पलबाट गोल्ड स्टार जुत्तासम्म कसरी पुग्यो, यसको पृष्ठभूमि के थियो ?  
यो कम्पनी आजभन्दा ४० वर्ष अगाडि हात्तीछाप चप्पलको ब्रान्डका रुपमा हेटौंडाबाट शुरु भएको कम्पनी हो । हेटौंडाको कम्पनी नै गोल्ड स्टारको मदर कम्पनी हो । हेटौंडामा हात्तीछाप चप्पल बनाइन्थ्यो । त्यसको १५÷१६ वर्षपछि जुत्ता बनाउन थालियो त्यो जुत्ता बनाउने क्रममा पहिला अर्किसपार्क भन्ने जुत्ता बनाइन्थ्यो । त्यसपछि गोल्ड स्टार शुरू गर्याै । एकदमै सस्तो र बलियो खालको जुत्ता निकाल्यौ । त्यो एकदमै लोकप्रिय हुँदै गयो, बलियो र सस्तोमा जुत्ता पाउँदा सबै जना खुशी भए । 

त्यो बेलामा नेपालमा र भारतमा पनि एक्सपोर्ट गरेका थियौं । पछिल्लो समयमा हाम्रो उत्पादनलाई आधुनिक सजावट (डिजाइन) खालको जुत्ता ल्याएका छौं । यसलाई हामीले राम्रोसँंग ब्रान्डिङ गरिरहेका पनि छौं ।

पहिलो हात्ती छाप चप्पल र हात्ती उस्तैउस्तै भनेको सुनिन्थ्यो । तर, अहिले यसरीे ब्रान्डिङ गर्नुको कारण के हो ? 
गोल्ड स्टार जुत्ता र यसको बजारको मात्र हामीले टार्गेट गरिरहेका थियांै । सस्तोमा बलियो जुत्ता मात्र प्रदान गरिरहेका थियौं । अब चाहिँ यो मात्रै गरेर हुँदैन अब नेपाली पहिचान बोकेको नेपालीलाई पनि सँगै लैजानुपर्छ भन्ने सोचका साथमा नेपालकै उत्पादन खोज्नुपर्ने बेला पनि भयो । अहिले नेपालीहरु नेपाली जुत्ता लगाउन पाउँदा गर्व महशुस गर्छन् । त्यसकारण नयाँ जुत्ता ट्रायलमा ल्यायौं र त्यो एकदमै पपुलर पनि भयो । नयाँ पुस्ताले एकदमै मन पराइदिनु भयो र हामी एकदमै इन्करेज भएर हरेक हप्ता नयाँ–नयाँ डिजाइन बजारमा ल्याउन थाल्यौं । 

गोल्ड स्टारको कुरा गर्दा भारतलगायतका बजारमा यसको प्रयोग उच्च रहेको पाइन्छ । तर, नेपालकै शहरी उपभोक्ताको मन अझै पनि जित्न सक्नु भएन जस्तो छ नि ?    

हाम्रो सोचाइ अहिले पनि विदेशी वस्तु वा सामान मात्र राम्रो हुन्छ भन्ने छ । त्यो सोचलाई परिवर्तन गर्नको लागि समय लाग्छ होला । स्थानीय उत्पादन राम्रो छैन है भन्नेहरुको लागि प्रयोग गर्दै जाँदा  होइन हैँ स्थानीय वस्तु पनि राम्रो रैछ भन्ने धारण विस्तारै परिवर्तन भैइरहेकोे छ ।
 बजारमा धेरै नक्कली जुत्ताहरु छन् । विश्व विख्यात ब्रान्डहरु पनि नक्कली आइरहेका छन् जस्तै अडिडस, नाइक, रिकप यी ब्रान्डका जुत्ताहरुको ब्रान्डका नाममा नक्कली जुत्तालाई नेपालीहरु पैसा तिर्न तयार छन् । तर, त्यहाँको ओर्जिनल जुत्ताको सस्तो मूल्य तिर्न नोपलीहरु तयार हँुदैनन् त्यो भनेको सोचाइ हो । यस्तो सोचलाई परिवर्तन गर्न केही समय लाग्छ । 

यहाँले भन्नु भएको जस्तो विश्वस्तरीय ब्रान्डको नक्कली उत्पादनहरु बजारमा प्रशस्त मात्रामा पाइन्छ, यसले चाँिह तपाईहरुको ब्राण्डलाई कस्तो खालको असर पारेको छ ? 
हाम्रो ब्रान्डलाई मात्र होइन, हरेकलाई जुत्ता उद्योगलाई नै एकदमै असर गरिरहेको छ । सस्तो जुत्ता आएको छ तर गुणस्तर छैन । सबैको भन्दिन म तर धेरै जुत्ताहरु सस्तो गुणस्तरहीन जुत्ता नेपालमा आइरहेको छन् । ती जुत्ताको ट्याक्स लुकाएर ल्याएको छ ।  बजारमा सस्तोका पाइरहेको छ । त्यसले गर्दा सरकारलाई पनि राजस्व छलिराखेको छन् जस्तो लाग्छ । सरकारले ट्याक्स कमाएको पनि होइन त्यसले गर्दा यो चाँहि सिफ्ट हुनैपर्छ । धरै नेपाली जुत्ता उद्यागीहरु छन् जसले कमाएर नेपालको अर्थतन्त्रलाई सहयोग गरिरहेको छन । नेपाली उत्पादनलाई मार्ने किसिमको भयो ।

कुनै बेला राज्य संयन्त्रको सोचको कारण गोल्डस्टार ब्रान्ड धर्मराएको जस्तो देखिन्थ्यो, अहिलेचाहिँ माथि उठेको अवस्था हो ? 
अहिले यो कम्पनी मेरो श्रीमान् र मैले हेरिरहेका छांै । यो कम्पनीलाई साथ दिने नेपालभरिको युथ नै हुन् ।  उहाँहरुको इच्छालाई पूरा नगरेसम्म नेपालमा प्रतिस्पर्धामा आइपुग्न गाह्रै छ । बजार धेरै प्रतिस्पर्धी छ । चुप लागेर बसेर हुँदैन भनेर हाम्रो धेरै कुरा ब्यान्ड भएको भएर हामीले यसलाई फेरि सञ्चालन गरेका छौ । नेपाल भरि ३२ वटा शोरूम भइसक्यो । मान्छेले जुत्ता नै पाउँदैन गोल्डस्टार नाम सुनेको छु, कहाँ पाइन्छ भनेर सोध्छन् ।

अहिले गोल्ड स्टारका उत्पादन भाटभटेनीका सबै ठाउँमा राखेका छांै । गोरखा डिपार्टमेन्ट स्टोरमा राख्ने विचारमा छौं । अर्को ५÷६ वटा डिपार्टमेन्टहरुमा केही महिना पछाडि खोल्दै छौ । यसले गर्दा मान्छेलाई कहाँ पाउछ भन्ने भएन अहिले त अनलाइन पनि भएको भएर कसैलाई पनि सामान वा वस्तु पाउन गाह्रो भएन । 

गोल्ड स्टार जुत्ता बनाउनको लागि चाहिने कच्चा पदार्थ र जनशक्तिलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
हामीले मेसिन चाहिँ सबै इटालीबाट ल्याएको हौं । पहिलादेखिनै इटालीबाटल्याएको हो । त्यसले गर्दा गुणस्तर भएको हो । कच्चा पदार्थहरु ताइवान, चीन, इटालीबाट ल्याउछौ । काम गर्नेहरु २००० भन्दा बढी छन । अहिलेसम्म ३००० हुन्थ्यो अहिले सेल्स घटिरहेको र मार्केट डाउन भएको भएर २००० मजदूरहरू छन । 

सबैको भन्दिन म तर धेरै जुत्ताहरु सस्तो गुणस्तरहीन जुत्ता नेपालमा आइरहेको छन् । ती जुत्ताको ट्याक्स लुकाएर ल्याएको छ ।  बजारमा सस्तोका पाइरहेको छ । अहिले गोल्ड स्टारका उत्पादन भाटभटेनीका सबै ठाउँमा राखेका छाैं । गोरखा डिपार्टमेन्ट स्टोरमा राख्ने विचारमा छौं ।

अहिले हामीसंग ११०० भन्दा बढी महिलाहरु हुनुहुन्छ । काम गर्ने  लेभर राख्दा ३/४ महिना ६ महिना बस्ने र विदेशिने हुन्छन्  नेपालमा पनि विदेशमा भन्दा धेरै अवसर छन् । तर, उनीहरु विदेश जान नै रुचाउनु छन् । 

घरमा खाली बसिरहनु भएको महिलालाई ६ महिना तालिम दिन्छौं र तालिम दिएकवापत पनि पैसा दिने गरेका छौं । यसले गर्दा सकारात्मक परिवर्तन ल्याएको छ । उहाँहरुको घर चलाउन बच्चालाई पढाउन सजिलो भएको छ । उहाँहरु आफै आत्मनिर्भर भएको भएर उनीहरुको रुची  बढदै गएको छ । विदेश जाने धेरै दाजुभाइलाई सोध्छौ कति दुःख गर्नु भएको छ ? कमाई कति छ ? भनेर तर यहाँभन्दा निकै कम कमाई छ त्यहाँ दुःख गरेर १२÷१५ जना एउटा कोठामा  कोचिएर सुत्नुहुन्छ । गर्मीमा काम गरिरहनुु भएको छ त्यो भन्दा नेपालमा धेरै अवस्था ठिक छ । हामी विदेश जाँदा जति नेपाली दाजुभाइ दिदी बहिनी भेट्छौ उहाँहरुलाई नेपाल फर्किनुस र हाम्रो फ्याक्ट्रीमा आएर काम गर्नुस भनेर आएका छौं । भारततिर जाँदा कति नेपाली दाजुभाइ दिदीबहिनीहरु काम गरिरहेको देख्दा नरमाइलो लाग्छ । 

ढावाहरुमा, ड्राइभरमा  ५÷६ हजार कमाएर काम गरिरहेको हुन्छन साहुले गालि गरिरहेको सन्छौ । त्यो देख्दा नराम्रो लाग्छ । हामीले बोलाएकामध्ये कतिजना आउनु पनि भएको छ । हामीले चिठ्ठी लेख्दिन्छौ । हामीसँग भेटेर कुरा गरेर काम गर्न सक्नुहुन्छ । हाम्रो सोच भनेको स्वदेशी उद्योगलाई बढुवा गर्नुपर्छ भन्ने नै हो  । हामी यस्तो दुःख गरेर यही केही गर्छु भन्दा सरकारबाट पनि सहयोग हुनुपर्छ जस्तो लाग्छ । 

गोल्ड स्टार ब्रान्डका  आगामी योजनाहरु के–के छन् ? 
ब्रान्डिङको हिसावले ३२ वटा शोरुम भइसक्यो । नयाँ–नयाँ डिजाइन उपभोक्तालाई दिइरहेका छांै । यी नयाँ ब्रान्डहरु उपभोक्ताले एकदमै स्वीकार गर्नु भएको छ । अहिले उहाँहरुको समस्याको बारेमा हामीलाई तुरून्तै थाहा हुन्छ सामाजिक सञ्जालको माध्यमबाट । जबसम्म ग्राहकको चाहान थाहा हुँदैन तबसम्म हामी अगाडि आउन सक्दैनौ । 

नेपालमा जुत्ताको बजार कस्तो पाउनु भएको छ ? स्वदेशी उत्पादनले बजारको मागलाई कतिसम्म धान्न सकिराखेको अवस्था छ ?
स्वदेशी जुत्ताको प्रभाव धेरै नै छ । अहिले पनि धेरै उद्योगहरु आउँदै छन् । स्वस्थ प्रतिस्पर्धा भएको छ । मेरो विचारमा नेपालमै सरकारले यो उद्योगलाई केही छुट दिन सक्यो भने जुत्ता उद्योग नै पहिलो बन्न सक्छ भन्ने लाग्छ । जहाँ हामी नेपाली आफंै सफल हुन सक्छौं । 

नेपालमा दर्जनौं जुत्ता उद्योगछन्, अझै पनि विदेशी जुत्ताप्रति मानिस आकर्षित भएको देखिन्छ, नेपाली उद्योगीहरुले नेपालीको मन जित्न नसेन वा सफल हुन सकेको के हो ? 

विदेशी जुत्ताको गुणस्तर अनुसार हामीले दिन सकेनौ भने त हामी पछि पर्छौ । ग्राहक पनि स्मार्ट भइसक्नुभयो। हामीले प्रतिस्पर्धा गर्न, मूल्य निर्धारण गर्न, र गुणस्तरयुक्त नयाँ–नयाँ डिजाइनका सामान दिन सक्नु पर्याे । बजारमा प्रतिस्पर्धा गर्न गाह्रो छ । विदेशी जुत्ताहरु धेरै आइरहेको छन् । नेपाली भन्ने बित्तिकै नेपाली जुत्ता त सस्तो हुनुपर्छ भन्ने जुन धारणा छ, त्यसलाई मेन्टेन गरेर ब्रान्डिङ गर्ने धेरै गाह्रो र प्रतिस्पर्धाको कुरा हो ।

मूल्य र डिजाइनमा स्वदेशी उपभोक्ताको मन जित्न नसकेको अवस्था छ, विदेशी उपभोक्ताको मन चाहिँ कसरी जितिरहनु भएको छ ? 
इन्डियाको मार्केट चाहिँ पुरानै हो । त्यहाँ गोल्ड स्टार एकदमै लोकप्रिय छ । सस्तो र बलियो भएका कारणले  होला । इन्डियामा गोल्ड स्टारको धेरै नक्कली जुत्ताहरु बनाइरहेका छन् । गोल्ड स्टारको माथि आर नराखेर प्रत्येक महिना गोल्ड स्टारको नक्कली जुत्ता बन्ने गरेका छन् । यसलाई हामी बन्द गराउँदै हिड्ँछौ फेरि नयाँ कम्पनी खोलेको हुन्छन् ।

चीनबाट पनि कति नक्कली गोल्ड स्टारहरु आएका छन् । त्यसबाट नै थाहा हुन्छ कि गोल्ड स्टार कति लोकप्रिय छ भनेर । अहिले मलेसिया, अस्ट्रिेलियामा हाम्रो उत्पादन पठाएका छौं । अमेरिका पठाउँदै छौ । मुख्यता नेपाली उपभोक्ताले नै माया गरेर हो । हामीले सुनेको अस्ट्रिेलिया जाने भाइबहिनीहरूले धेरै लाने भनेकै वाइवाइ चाउचाउ र गोल्ड स्टार जुत्ता भनेको सुनिन्छ । उहाँहरुले १०÷१५ जोर जुत्ता लगेर उता बेच्नु हुन्छ । धेरै जना आइरहनु भएको थियो गोल्ड स्टारको शोरूम खोल्ने भनेर हामी आफै त होइन अस्ट्रिेलियाको सिड्नी र मेलबर्नमा शोरूम खोल्दै हुनुहुन्छ । अस्टिे«लियाको लागि नेपाली दाजुभाइ दिदीबहिनीले त मन पराइदिनु हुन्छ त्यहाँको ग्राहकले पनि मन पारइदिनु भयो भने हाम्रो नेपाली उत्पादनको लागि ठुला प्रोत्साहन हुने छ । 

कच्चा पदार्थ विदेशीबाटै आयात गरेर विदेशी ब्रान्डसँगै प्रतिस्पर्धा गर्न कतिको सहज छ ? 
प्रतिस्पर्धा छ, डिजाइन पनि फरक–फरक बनाउनु पर्छ । पहिला– पहिला हामी एकै किसिमको डिजाइन बनाउथ्यांै त्यही डिजाइन १०÷१५ वर्ष चल्थ्यो । गोल्ड स्टार भन्ने बित्तिकै कालो गोल्डस्टार जुत्ता मात्र मानिसले लगाउथे । तर, अहिले हामीले धेरै फरक–फरक डिजाइन निकालेका छौ । अहिले हामीले जिटेन सिरिज भन्ने निकालेका छौं। त्यो एकदमै युवामा चलेको छ । त्यस्तै गरेर नयाँ–नयाँ डिजाइन निकाली रहेका छौ । किनभने प्रतिस्पर्धामा त बस्नुपर्छ । 

घरमा खाली बसिरहनु भएको महिलालाई ६ महिना तालिम दिन्छौं र तालिम दिएकवापत पनि पैसा दिने गरेका छौं । यसले गर्दा सकारात्मक परिवर्तन ल्याएको छ । गोल्ड स्टार भन्ने बित्तिकै कालो गोल्डस्टार जुत्ता मात्र मानिसले लगाउथे । तर, अहिले हामीले धेरै फरक–फरक डिजाइन निकालेका छौ । अहिले हामीले जिटेन सिरिज भन्ने निकालेका छौं। त्यो एकदमै युवामा चलेको छ ।

अहिले तपाईहरुले बजारमा ल्याउनु भएको जुत्ता कति प्रकारका छन् ? कुन उमेरदेखि कुन उमेरसम्मको लागि कति मूल्य तिरेर लिन सकिन्छ ? 
हामी कहाँ धेरै प्रकारका जुत्ता छन् । प्रत्येक दिन प्रत्येक हप्ता ७÷८ वटा डिजाइन बजारमा पठाउँछौ । जुन बजारमा स्वीकार हुन्छ त्यसलाई पुनः निकाल्छौ । अहिले हामीले गर्मीको लागि महिला पुरूषले लगाइरहेको जुत्ता चप्पल बनाइरहेका छौ । अहिले त्यो हाइलाइट भएको छ । हामीले विज्ञापन पनि गर्दैछौ त्यसमा । नर्सहरुको लागि जुत्ताहरु बनाइरहेका छौ । मूल्य २२ सयभन्दा माथिको मूल्य हो नत्र ११००/१२०० मा पाइन्छ । गोल्ड स्टारले अहिले पनि सस्तो दरमा गुणस्तर जुत्ता नै दिने हो । 

कतिपयले उद्योगले चीनलगायत तेस्रो मुलुकबाट रेडिमेट जुत्ता आयात गर्ने र नेपालमा स्वदेशी ब्रान्ड भनेर बिक्री गरेको सुनिन्छ ? अहिले तपाईहरु स्वदेशी ब्रान्ड भनेर लागिरहनु भएको छ तपाईहरुलाई त्यसले अप्ठ्यारो पार्दैन ? 
जसरी नक्कली जुत्तालाई तुरुन्तै बन्द गरेका थियौं । त्यसरी नै सरकारले बन्द गर्नुपर्र्ने हुन्छ  । सरकारले यस्तो उत्पादनलाई कडाइ गरेर निरुत्साहित गर्यो भने बास्तवमा नै स्वेदशी उद्योगलाई सहयोग गर्ने, उद्योगीले गरेको लगानी अझ् देशका लागि सही रुपमा सबैले त्यसको प्रतिफल पाउथे । 

काठमाडौंको सबैभन्दा ठुलो फ्याक्ट्री हो हाम्रो ।  ३००० लेभरहरु पालिरहेका छौं तर यो सबै कुरा गर्दा पनि सरकारबाट चाहिँ कुनै प्रोत्साहन नहुँदा दुःख लागेको छ । नेपाली उत्पादनलाई माया गर्दै जानुस्, नेपाली उत्पादन लगाइदिनुस् । कुनै पनि सरकारी कर्मचारीले गोल्ड स्टार मात्र होइन कुनै पनि नेपाली प्रोडक्स लगाइदिनुस् प्रयोग गर्दिनुस त्यसले गर्दा प्रोत्साहन हुन्छ ।

स्वदेशी उत्पादनलाई सरकारले निकै प्रोत्साहन गर्दै आएको देखिन्छ, यो अनुरूपको कार्यान्वयन तहमा कस्तो प्रभाव पारेको छ, सरकारले स्वदेशी उत्पादन नै अगाडि बढाउनुपर्छ भन्दा कस्तो पाउनु भएको छ ? 
त्यति धेरै झुकाव देखिएको छैन । स्वदेशी ब्रान्ड भन्नाले सरकारको नजरमा कार्पेट अथवा पश्मिना त्यो मात्र अगाडि छ जस्तो लाग्छ जुत्ता चप्पल भनेको केही होइन भनेको जस्तो देखिन्छ । जुत्ता चप्पलको पनि ठूलो मार्केट छ । जुत्ता चप्पल स्वदेशमा मात्र नभई विदेशमा पनि लैजान सकिन्छ है भनेर प्रोत्साहन सरकारबाट आएको छैन । तर, हाम्रो लागि केही त दिनु पर्यो नि अहिले पनि काठमाडौंको सबैभन्दा ठुलो फ्याक्ट्री हो हाम्रो ।  ३००० लेभरहरु पालिरहेका छौं तर यो सबै कुरा गर्दा पनि सरकारबाट चाहिँ कुनै प्रोत्साहन नहुँदा दुःख लागेको छ । 

तपाईको विचारमा स्वदेशी  उत्पादनलाई अझ गुणस्तर र प्रतिस्पर्धी बनाउन के गर्नु पर्ला ? 
सरकारबाट सहयोग चाहियो, त्यहाँबाट सहयोग भयो भने अझ राम्रो डिजाइनमा उत्पादन गर्न सकिन्छ । अझ सस्तो मूल्यमा बजारमा दिन सक्छौ । हाम्रो उद्योगमा म्यानपावर पनि त्यति छैन त्यसकारण उच्च स्तरको डिजाइनहरु ल्याउन, कम्पनीको सियो ल्याउन, गाह्रो हुन्छ । 

अन्त्यमा आमग्राहक र गोल्ड स्टारप्रेमीलाई के भन्न चाहानु हुन्छ ? 
गोल्ड स्टारलाई मन पराएर लगाउनु भएकोमा धन्यवाद । नेपाली उत्पादनलाई मन पराउनु भएको  छ । तपाईहरु जस्तो ग्राहक नभएको भए हामी पनि माथि उठ्न सक्दैनथ्यौ । नेपाली उत्पादनलाई माया गर्दै जानुस्, नेपाली उत्पादन लगाइदिनुस् । कुनै पनि सरकारी कर्मचारीले गोल्ड स्टार मात्र होइन कुनै पनि नेपाली प्रोडक्स लगाइदिनुस् प्रयोग गर्दिनुस त्यसले गर्दा प्रोत्साहन हुन्छ । स्वदेशी उद्योगलाई तपाईहरुले माया गरिदिनु भयो भने स्वदेशी उद्योगले नै नेपालीहरुलाई रोजगार दिन सक्ने हुन्छन् अनि भोलिका दिनहरुमा कोही विदेशीनु पर्दैन होला । 

हात्ती छाप चप्पल कसरी बन्यो गोल्ड स्टार ब्राण्ड(भिडियो वार्ता)

प्रतिक्रिया दिनुहोस