aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सिमा काटेर आउनेलाई ७ दिनभित्र फर्काइने

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ११ माघ २०७६
सिमा काटेर आउनेलाई ७ दिनभित्र फर्काइने

काठमाडौं । गैरकानुनी रूपमा नेपाल आउने चिनियाँ नागरिकलाई ७ दिनभित्र चीन नै फर्काउनुपर्ने भएको छ। चिनियाँ राष्ट्रपति सि चिन फिङको गत असोजमा भएको नेपाल भ्रमणका क्रममा दुई देशबीच भएको सिमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा यो प्रावधान छ। सरकारले उक्त सम्झौता जानकारीका लागि हालै संसद्मा पठाएको छ।

सिमाको व्यवस्थापनसम्बन्धी धारा २६ मा गैरकानुनी रूपमा सिमा पार गरी आउने व्यक्तिबारे अर्को पक्षलाई समयमै जानकारी दिनुपर्ने उल्लेख छ। ‘दुवै पक्षका सीमा प्रतिनिधिहरू र निकायहरूले गैरकानुनी रूपमा सिमा पार गर्न खोजेका व्यक्तिको सम्बन्धमा अनुसन्धान गर्नेछन्। तिनीहरूको पहिचान, तथ्य र कारण यथासम्भव चाँडो यकिन गर्नेछन्। हिरासतमा राखेको सात दिनभित्र निजलाई सिमा पार गर्नु भन्दा अगाडि बसेको अर्को पक्षतर्फ हस्तान्तरण गर्नेछन्’, सम्झौताको धारा २६ को (२) मा उल्लेख छ।

त्यस्तो व्यक्ति हस्तान्तरण गर्दा निजले आफूसँग ल्याएको वैद्य सम्पत्ति र निजले प्रयोग गर्ने सञ्चारका माध्यम पनि हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ। दुई देशबीचको सम्झौता कार्यान्वयन गर्न सुंयक्त आयोग गठन गर्ने सम्झौतामा छ।

प्रतिक्रिया दिनुहोस