aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

टुकुचा खोलामाथी गगनचुम्बी भवन कसरी ? खोला दायाँ बायाँ ४/४ मिटर खाली गराउँदै महानगर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
टुकुचा खोलामाथी गगनचुम्बी भवन कसरी ? खोला दायाँ बायाँ ४/४ मिटर खाली गराउँदै महानगर

काठमाडौं ।  टुकुचाखोला बालुवाटार गैह्रीधारा हात्तीसार क्षेत्रबाट बेपत्ता भएको  छ । तल खोला छ भने माथि भौतिक संरचना रहेको छ । कतै कतै खोला देखिने ठाउँमा पनि खोला हो की कुलो हो ठम्याउने अवस्थामा छैन । 

लामो समयदेखि टुकुचा खोला गायब पारीरहेको अवस्थामा छ । कति जग्गा त नापीमा पनि छैन । टुकुचादेखि नारायणहिटीको उत्तर सिमानासम्म आइपुग्दा खोला बग्ने ठाउँमा ६ तले भन्दा अग्ला भवन बनेका छन् ।  तर, सरोकारवाला निकायले चासो देखाएको छैन ।

सार्वजनिक जग्गा दिन प्रतिदिन मासिने क्रममा छन् । जय नेपालदेखि काठमाडौं प्लाजासम्म अण्डरग्राउड बनेको छ । अण्डरग्राउड भएको जग्गा नापीमा उल्लेख नभएको महानगरले जनाएको छ । 

खोला हँुदा हँुदै ठुला ठुला घर बनेका छन् । महानगर भन्छ—‘ढललाई छोडेर घर बनाउन महानगरले स्वकृत दिएको हो तर नक्सा पास गराउँदा ढललाई छोपेर नक्सा पास गरी घर निर्माण गरेको देखिन्छ ।’ महानगरले कुनै पनि हालतमा ढलमाथि घर बनाउन नक्सा पास गर्दैन महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने । 

अब महानगरले टुकुचा बचाऊ अभियान शुरू गर्ने भएको छ । जसका लागि महानगरको दुई वटा वडाले शुरु गरिसकेको प्रवक्ताले जानकारी दिए । 

मिचिएका जग्गाको अतिक्रमण गरेर, कानुनी दायरामा ल्याएर जसरी भए पनि टुकुचा खोला व्यवस्थापन गर्नुपर्छ भन्ने महानगरको धारणा रहेको छ । तर कहिले बाट काम शुरू गर्ने भन्ने कुनै टुङगो लागेको  छैन । 

टुकुचा बचाऊ अभियानलाई  व्यवस्थित रुपमा अगाडि बढाई  व्यवस्था गर्ने महानगरपालिकाले जानकारी दिएको छ । उनले भने —‘टुकुचा खोला ४ मिटर र दाँया बायाँ ४–४ मिटर बनाउने भनेर छलफल गरेका छौं’ टुकुचा बचाऊ अभियानमा सरकारसँंगै महानगरपालिका पनि अगाडि बढ्ने प्रवक्ताले दाबी गरे । 

उनले भने–‘सार्वजनिक भनेपछि कसैको निजीमा हँुदैन । खोला मिचेर जबरजस्ती घर बनाउन पाइदैन । यो प्रक्रिया छिट्टै अगाडि बढ्छ टुकुचा खोलालाई कानुन अनुसार नै खोलिन्छ’ । डंगोलले भने–‘काठमाडौं प्लाजा पछि टुकुचा खोला खुल्ला रुपमा हामी देख्न सक्छौ । ’

प्रतिक्रिया दिनुहोस