aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चापागाउँ –सातदोबाटो सडक मर्मत तत्काल नभए अनिश्चतकालिका लागि बन्द गर्ने चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
चापागाउँ –सातदोबाटो सडक मर्मत तत्काल नभए अनिश्चतकालिका लागि बन्द गर्ने चेतावनी

 ललितपुर ।   तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र आज क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।   
  
 विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो । हाल विभिन्न कारण देखाई ठेक्का लिएको सडक मर्मतको काम ठेकेदारले गर्ने जिम्मेवारीबाट पन्छन चाहे तापनि उसैबाट काम अघि बढाइने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । “सडक मर्मत र निर्माणको काम ९९ प्रतिशत अघि बढ्ने तयारी भइसकेको छ”, महर्जनले भने, “अबको एक हप्ताभित्र सडकको काम पक्कै अघि बढाउने छौं ।”    

 नगरपालिकाले मन्त्रिपरिषद् र सम्बन्धित अन्य निकायलाई आफैँ  साढे पाँच करोड रुपैयाँ खर्च गरी सडक मर्मत र विस्तारको काम गर्ने चुनौती पटक पटक दिएसँगै उनीहरुले तत्काल गराउने सकारात्मक जवाफ दिएको महर्जनले बताए । सडक मर्मतको काम तत्काल शुरु नभए शनिबारदेखि अनिश्चितकालीन सडक बन्द गर्ने चेतावनी स्थानीयवासीले नगरपालिका प्रमुखलाई दिएका छन् ।     

प्रतिक्रिया दिनुहोस