aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

इन्टरनेटमा ठगी ! निरीह उपभोक्ता, रमिते नियामक

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, १२ माघ २०७६
इन्टरनेटमा ठगी ! निरीह उपभोक्ता, रमिते नियामक

विराटनगर । पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ नेपाली इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले त्यो सुविधा उपभोक्तालाई दिन सकेका छैनन् । 

नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्व प्रमुख डा राजीव सुब्बाले भने, ‘२५ वर्ष अघि  मर्कन्टाइलको सेवा निकै महँगो थियो । अहिले महिनाको २÷३ हजार भए राम्रो स्पिड भएको इन्टरनेट पाउन सकिन्छ । तर, आईएपीहरुले ‘सेयरिङ’ गर्ने ‘मेकानिजम’ प्रयोग गर्छन् जसले गर्दा आफूलाई इन्टरनेट चाहिएको समयमा समस्या हुन्छ ।’

 सुब्बाका भनाइमा सबै आईएसपीको साझा समस्या भनेको जति स्पीडको इन्टरनेट दिन्छु भन्छन् त्यो दिँदैनन् । उनी भन्छन्, ‘ आईएसपीहरुले एउटा‘‘प्याटर्न’ अध्ययन गर्छन्, जस्तो मेरो घरमा दिनभर इन्टरनेट चल्दैन । जतिबेला हाम्रो इन्टरनेट चल्दैन, उनीहरुले उक्त स्पीड अरु ठाउँमा डाइभर्ट गर्छन् ।’

उपभोक्ताहरुले आईएसपीको यस कार्यबारे थाहा पाउँदैनन् तर थाहा पाउने नियामक निकायले उपाभोक्ताले भोग्नु परेको असुविधामा ध्यान दिएको पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस