
काठमाडौं । सभामुखका एकल उम्मेदवार बनेका अग्निप्रसाद सापकोटालाई अब सो पदमा निर्वाचित हुने बाटो खुलेको छ । दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।
प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनेर निर्विरोध बनेका सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्ने सूचीमा परेपछि सभामुख हुने बाटो खुलेको हो । नेकपाका तर्फबाट प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनेका सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ ।
फुयाँल कानुन व्यवसायी हुँदा सापकोटाविरुद्धकै अर्को मुद्दामा बहस गरेका थिए । सोही कारण उनले सापकोटाविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा परेको हो । अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख घोषणा नगर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ । यता , सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस