aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

यस्तो छ तीन दिनको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ माघ २०७६
यस्तो छ तीन दिनको मौसम

काठमाडौँ । आज काठमाडौँसहित देशका केही स्थानमा बदली तथा पश्चिम र मध्य तराईका भु–भागमा हुस्सु, कुहिरो लागेको छ।  हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएका कारण वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार दिउँसो उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्ने सम्भावना रहे पनि धेरैजसो ठाउँमा मौसम सफा रहने छ। तराईमा लागेको कुहिरो पनि दिउँसोपखबाट हटेर मौसम सफा हुने छ। आउँदो तीन दिनसम्म मौसम बदली तथा पानी पर्ने सम्भावना नरहेको तर तराईमा बिहान कुहिरो लाग्ने हुँदा चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ।

माघ १२ गते आइतबार

देशको  पहाडी भू-भागमा आंशिक बदली भई पुर्वि पहाडि भु-भागका १/२ स्थानहरुमा हल्का वर्षा र उच्च पहाडि तथा हिमालि भु- भागका १/२ स्थानमा हल्का हिमपातको संभावना छ। तराईका भूभागहरुमा हुस्सुरकुहिरो लागेता पनि दिउसो सम्ममा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ। रातीः  देशको  मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली  रही वांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 माघ १३ गते सोमबार

देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ । मध्य र पूर्व तराईका भू-भागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। रातीः  देशभर   आंशिक देखि सामान्य बदली  रही पश्चिमी भु-भागका १/२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। 

माघ १४ गते मंगलबार

देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही पश्चिमी भु-भागका १/२ स्थानहरुमा हल्का वर्षा र वांकी भु-भागमा आंशिक बदली रहनेछ। रातीः देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी भु-भागका केहि स्थानहरु, मध्य भू-भागका थोरै स्थानहरु र पूर्वी भु-भागका १/२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस