aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पुनर्निर्माण प्राधिकरणको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, १३ माघ २०७६
पुनर्निर्माण प्राधिकरणको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी नोभेम्बर २७ देखि २९ तारिखसम्म काठमाडौंमा तीन दिने अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१५ को भूकम्पपछि पुनर्निर्माणका क्रममा हासिल अनुभवहरू अन्तरराष्ट्रिय स्तरमा समेत आदानप्रदान गर्ने उद्देश्यले प्राधिकरणले ‘अन्तरराष्ट्रिय सम्मेलन–२०२०’ आयोजना गर्ने भएको हो । 

गोरखा भूकम्पपछिको पुनर्निर्माणमा नेपालले छोटो अवधिमै महत्वपूर्ण सफलता हासिल गरेको भन्दै प्राधिकरणले अहिले यस क्रममा सिकेका कुरा तथा अभ्यासलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने लक्ष्य राखी सम्मेलनको तयारी अघि बढाएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले सम्मेलनका लागि अहिले विभिन्न अनुसन्धान पत्रहरू तयार गर्न आवेदन माग गरिएको बताए । 

प्राधिकरणले माग गरेको उक्त प्रस्तावअनुसार व्यक्ति तथा संस्थाले विभिन्न ६ शीर्षकमा अध्ययन अघि बढाउनका लागि आगामी ७ फेब्रुअरी २०२० सम्ममा प्रस्ताव पेश गर्न आग्रह गरिएको छ । प्राधिकरणले निजी आवास, सांस्कृतिक सम्पदा, सामाजिक पूर्वाधार (शिक्षा र स्वास्थ्य संस्थाहरू) र सार्वजनिक भवन, जीविकोपार्जन र आर्थिक विकास, उद्धार र राहतलगायतका विषयमा आधारित अनुसन्धानपत्र तयार गर्न प्रस्ताव माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस