
काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई अभद्र व्यवहार गरेको सम्बन्धमा नियन्त्रणमा लिएको छ । सामाजिक संजालमा प्रहरीमाथि गाली गलौज गरेको भन्दै गायिका राउतलाई नियन्त्रण गरिएको हो ।
आस्था राउतलाई पक्राउ गर्दै प्रहरी
दुुई हप्ता अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएकी प्रहरी जवान रमिशा श्रेष्ठले आफुमाथि दुर्व्यवाहार गरेको भन्दै दिएको उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको हो ।
प्रहरी जवान श्रेष्ठसँग भनाभन भएपछि उनले सामाजिक संजालमा संजालमा आक्रोश पोख्दै प्रहरीमाथि तथानाम गाली गरेकी थिइन् । प्रहरी स्रोतका अनुसार कानुनी प्रकृयामा आफु जान तयार रहेको भनदै गायिका राउत सोमबार बिहान आँफै प्रहरी समक्ष उपस्थित भएकी हुन् ।
प्रहरीले विमानस्थलमा भएको घटनाको भिडियो फुटेज पनि सार्वजनिक गरेको थियो । फुटेजमा सामान्य विवाद भएको देखिन्छ । घटनाको सम्बन्धमा अब सुष्मा अध्यायन गरी कारवाही अघि बढाइने प्रहरीले बताएको छ । गएको माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती दिएको थियो ।
प्रतिक्रिया दिनुहोस