aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

डब्लुटिओको मन्त्री स्तरीय बैठक आगामी साता भारतमा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
डब्लुटिओको मन्त्री स्तरीय बैठक आगामी साता भारतमा हुने

नयाँदिल्ली ।  विश्व व्यापार संगठन, विकासोन्मुख तथा अति कम विकशित मुलुकहरूको मन्त्रीस्तरीय बैठक आगामी साता भारतको नयाँ दिल्लीमा आयोजना हुने भएको छ । 

भारतको आतिथ्यमा  यही मे १३ र १४ गते हुन लागेको उक्त बैठक सहभागी मुलुकका आर्थिक तथा व्यापारिक समस्यालाई छलफल तथा समाधान गर्नका लागि एउटा विशेष अबसर हुने भारतीय स्रोतहरूले शुक्रबार बताएका छन् ।

“बैठक डब्लुटिओमा समस्याका रूपमा देखिँदै आएका विविध बिषयमा विकासोन्मुख तथा अति कम विकशित मुलुकहरूको साझा चासोबारे छलफल गर्ने संयुक्त मञ्च हुनेछ,” भारतीय बाणिज्य तथा उद्योग मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा बैठक बहुपक्षीय कानूनमा आधारित व्यापार प्रणालीले गम्भीर समस्या झेलिरहेका समय हुन लागेकाले यसबाट गरिब तथा अति कम विकशित मुलुकको समस्याहरूले प्रवेश पाउने अपेक्षा सहभागी मुलुकहरूको रहने र यसमा गम्भीर छलफल गरिने छ । एएनआई

प्रतिक्रिया दिनुहोस