aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख नगद बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ माघ २०७६
वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख नगद बरामद

कैलाली । धनगढीमा वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–३ बाट आइतबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरेका छन् ।

केही व्यक्ति पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस