aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

कर नतिरी झुण्ड्याई राखेको बिज्ञापन बोर्ड यसरी हटाए (फाेटाे फिचरसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ माघ २०७६
कर नतिरी झुण्ड्याई राखेको बिज्ञापन बोर्ड यसरी हटाए (फाेटाे फिचरसहित)

ललितपुर । ललितपुर महानगरपालिका आर्थिक विकास समितिको निर्णय अनुशार महानगरपालिकाको क्षेत्रभित्र अनाधिकृत रुपमा कर नतिरी बिना स्वीकृती झुण्ड्याई राखेको बिज्ञापन बोर्ड हटाउने अभियान सुरु गरेको छ । 

मंसिर २५ गते सूचना प्रकाशित गरी महानगरले अनाधिकृत रुपमा स्वीकृत नलिई राखिएका डिजिटल बोर्ड, होडिङ्ग बोर्ड , फ्लेक्स बोर्ड, ग्लोसाईन बोर्ड परिचय पाटीलाई व्यवसायीक प्रचार सामग्रीको विज्ञापन गरेबापत कर दाखिला गर्न १५ दिने सूचना प्रकाशित गरेको थियो । 

समय तोकि पत्राचार गर्दा पनि अटेर गरी बसेकाले बिज्ञापन बोर्डहरु क्रमिक रुपमा हटाउने अभियान शुरु गरिएको महानगरपालिकाको राजश्व प्रशासन महाशाखाले जनाएको छ । आज (सोमबार) कुपण्डोल क्षेत्रमा रहेका विज्ञापन बोर्डहरु हटाईएको छ ।

प्रतिक्रिया दिनुहोस