aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अफगानिस्तानमा विमान दुर्घटना, बिस्तृत बिवरण आउन बाँकी

  • बीबीसी
    बीबीसी
  • सोमबार, १३ माघ २०७६
अफगानिस्तानमा विमान दुर्घटना, बिस्तृत बिवरण आउन बाँकी

एजेन्सी । पूर्वी अफगानिस्तानमा दुर्घटना भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक यात्रुसहितको विमान दुर्घटना भएको जनाएको छ । विमानमा ८० जना यात्रु सवार रहेकाे अपुष्ट समाचार प्राप्त भएकाे छ ।

विमान प्राविधिक कारणले अागलागी भएकाे जनाइएकाे छ । एक प्रान्तीय प्रवक्ताले स्थानीय मिडियालाई भने अनुसार उक्त विमान काजनीको दक्षिण–पश्चिममा पर्ने गजनी प्रान्तको देह याक जिल्लामा आएको थियो ।

प्रवक्ताले भने ‘विमान प्राविधिक कारणले दुर्घटनाग्रस्त भएको थियो र आगालागी भयो ।’

उक्त विमान कुन कम्पनीकाे हाे भन्ने खुलाइएकाे छैन । सुरुमा एरियाना एयरलाइन्सको भनिए पनि कम्पनीले यसलाई अस्वीकार गरेको छ ।

'एरियाना विमान जो छोडेर गएका छन्, आफ्नो गन्तव्यमा पुगेका छन् र दुर्घटना भएका छैनन्' एयरलाइन्सका एक प्रतिनिधिले भने । ‘त्यसकारण क्र्यास भएको विमान एरियाना एयरलाइन्सको होईन।’ कम्पनीकाे दावी थियाे ।

दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।
 

प्रतिक्रिया दिनुहोस