aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

के कोरोनाबाट नेपाली अर्थतन्त्र पनि संक्रमित बन्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ माघ २०७६
के कोरोनाबाट नेपाली अर्थतन्त्र पनि संक्रमित बन्ला ?

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाईरसबाट नेपालमा अहिलेसम्म एकजना मात्र संक्रमित भएको पुष्टि  भएको छ । समयमा नै यो रोगको संक्रमण नेपालमा फैलन नदिन सरकारले आवश्यक प्रयास गरिरहेको पनि देखिंदैछ । तर, नेपालको अर्थतन्त्रलाई भने यसले संक्रमित पार्ने  लगभग निश्चित झै  बन्दै गएको छ ।

पर्यटनमा कोरोना ‘इफेक्ट’ 

नेपाल अहिले नेपाल भ्रमण वर्षको अवसरमा नेपाल आउने पर्यटकबाट ठूलो आर्थक लाभ हाँसिल गर्ने योजनामा छ ।  तर, नेपालमा भारतपछि सबैभन्दा बढी अर्थात् पर्यटक पठाउने दोस्रो ठुलो मुलुक चीनमा फैलिएको रोगका कारण उल्लेख्य संख्यामा चिनियाँ पर्यटकको संख्यामा कमि आउने लगभग पक्का देखिन्छ । आफ्नो नयाँ  वर्षको अवसरमा नेपाल आउने तयारीमा रहेका धेरै चिनियाँहरु अहिले भ्रमण रद्द गर्ने तयारीमा रहेको देखिएको नेपालका पर्यटक व्यापारीहरु बताउँछन् । 

यसरी नेपाल घुम्न आउने चीनियाँ पर्यटकको संख्यामा कमि आउने हुँदा त्यसले भ्रमण वर्षमा पर्यटक भित्राउने अपेक्षित लक्ष्य पुरा हुन नै पनी धौ धौ पर्ने आशंका भ्रमण वर्षसँग सम्बन्धित कर्मचारीहरुले समेत व्यक्त गर्न सुरु गरेका छन् । अहिले नै बोल्दा हतारमा बोलेको आरोप लाग्ने हुँदा नाम उल्लेख नगर्ने सर्तमा एक सरकारी अधिकारीले भने,’कोरोनाबाट नेपाल भ्रमण वर्ष पनि संक्रमित भयो भन्दा फरक पर्दैन। तर, घोषणा चाहिँ  गरि नहालौं।’ उनले अगाडी थपे,’एक महिने विदामा नआएका चीनियाँ अब कहिले आउँछन् ? यो वर्ष चिनियाँलाई नेपाल घुमाउने कुरा भुले हुन्छ ।’ 

नेपाल पनि संक्रमण फैलिएको मुलुकको सूचीमा  रहेको हुँदा अन्य देशका पर्यटक पनि यहाँ न आउन डराउन थालेको उनले बताए। ’नेपालमा डर छैन तर पनि यो कुरा कसले विश्वलाई आश्वस्त पार्ने ?’ उनको प्रश्न थियो । नेपालको समग्र पर्यटन उद्योगलाई नै कोरोनाले नराम्ररी सताउने विश्लेषणमा पर्यटन व्यवसायीहरु पनी पुगेका छन्। 
        
चिनियाँ अर्थतन्त्रमा असर

त्यसो त विश्व अर्थतन्त्रमा पनि कोरोनले गम्भीर असर पार्ने लक्षण देखिन थालेका छन्। विश्व आर्थिक गतिविधिका विश्लेषकहरु कोरोनाको कारण विश्व अर्थतन्त्रमा गम्भीर आर्थिक परिणाम सिर्जना गर्ने  कुरामा कुनै शन्देह नरहेको बताउन थालेका छन् । अहिले कोरोना भाइरसको फैलावट शुरुको चरणमा नै रहेकोले अर्थशास्त्रीहरूले कुनै पनि तथ्यांक भने पेश गरेका छैनन्। 

उनीहरुको भनाई छ, ’विगतमा त्यस्ता घटनाहरूले हुने आर्थिक क्षतिलाई हेरेर हामी अर्थव्यवस्थामा कोरोना भाइरसको सम्भावित प्रभावको बारेमा भन्न सक्छौं।’ उनीहरुको तर्क छ,’ धेरै पुरानो भएको छैन, सार्स महामारी २००२र०३ मा चीनबाट नै फैलिएको थियो। र, त्यो बेला चीनले थोरै आर्थिक क्षति भोगेको थियो।’

चीनको आन्तरिक पर्यटन सबैभन्दा बढी चलायमान हुने नयाँ वर्षको सुरुवातमा नै यो प्रकोप फैलिएकोले चीनको पर्यटन व्यवसायमा निकै ठुलो झटका लागिसकेको छ । चीनको मनोरन्जन उद्योग र उपहारमा हुने खर्चमा यसको प्रभाव पर्ने छ। मनोरञ्जनको क्षेत्रको बारेमा कुरा गर्दा धेरै व्यक्ति घरबाट बाहिर जान चाहँदैनन्। त्यहाँ कुनै शङ्का छैन कि धेरै व्यक्तिहरूले आफ्नो तालिका रद्द गरिसकेका छन्।

अवस्थाको गम्भीरतालाई यो तथ्यबाट पनि अनुमान लगाउन सकिन्छ कि वुहान शहर जहाँबाट कोरोना भाइरसको फैलावट शुरू भयो त्यो चीनको एक महत्त्वपूर्ण यातायात केन्द्र हो। यात्रा प्रतिबन्ध कुनै पनि व्यवसायको लागि ठूलो समस्या हो।

यसले उद्योगको आपूर्ति श्रृंखलालाई असर गर्दछ, केहि चीजको डेलिभरीमा बाधा उत्पन्न गर्दछ र केहि चीजहरूलाई बढी महँगो बनाउँदछ। यदि व्यक्ति कार्यको लागि यात्रा गर्न सक्दैन वा गर्दैनन् भने, त्यसोभए व्यवसायको घाटा अलग रूपमा हुनेमा दुइमत छैन।

चीनका सरकारी र निजी क्षेत्रका स्वास्थ्य बीमा कम्पनीहरूले कोरोना भाइरसबाट पीडितहरूका लागि उपचार खर्च गर्नुपर्नेछ। अर्थव्यवस्थामा कोरोना भाइरसको प्रभाव धेरै सजिलै फैलन सक्छ।  

विश्व अर्थतन्त्रमा प्रभाव 

कोरोना भाइरसको विश्वको शेयर बजारहरुमा प्रभाव देखापरिसकेको छ । वालस्ट्रिटमा यसको प्रभाव केही  दिन अघि नै देखा परिसकेको समाचारहरु सार्वजनिक भएका थिए । विशेषगरी चीनमा केही नकारात्मक प्रभाव परेको छ। तर अहिले अवस्था चिन्ताजनक नै चाहि भैसकेको छैन।

बिबिसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ कि ’एक अनुमानका अनुसार सार्स महामारीको बेला विश्वव्यापी अर्थतन्त्रले ४० अर्ब डलरको घाटा सहनुपरेको थियो । लण्डनमा रहेको परामर्श कम्पनी फर्म क्यापिटल इकोनोमिक्सका जेनिफर म्याक्वाइनलाई उदृत गर्दै बीबीसीको रिपोर्टमा लेखिएको छ, ’सन् २००३ को दोस्रो त्रैमासिकमा सार्सको कारण विश्वव्यापी वृद्धि दर एक प्रतिशतले घटेको थियो।भारतमा आजैमात्र कोरोना भाइसको असर त्यहाको शेयर बजारमा देखिएको छ । सोमबार बम्बइ एस्टक एस्क्चेञ्ममा एकैदिन ४५८ अंकको गिरावट आएको छ । 

यदि  ती  अवस्थाहरु फेरी दोहोरिए भने अहिले नै धेरै सुस्त गतिमा रहेको विश्व अर्थतन्त्रमा कोरोनाको निकै घातक प्रभाव देखिन सक्छ । उदयमान अर्थतन्त्रहरु अहिले विविध समस्यासँग  जुधिरहेको अवस्था छ।  यदि कोरोनाको फैलावटमा चमत्कारिक नियन्त्रण गर्न सकिएन भने सारा विश्वलाई आर्थिक रुपमा ठुलो मार पर्ने पक्का छ । त्यस्तो बेला नेपाल जस्ता मुलुकले अप्रत्यासित समस्याको सामना गर्नुपर्ने पनि  स्थिती  आउन सक्छ।  शत मात्र खर्च गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस