aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

करोरोना भाइरसको डरले चीनका तीन गन्तव्यमा उडान स्थगित

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, १४ माघ २०७६
करोरोना भाइरसको डरले चीनका तीन गन्तव्यमा उडान स्थगित

काठमाडौं । उत्तरी छिमेकी चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि चीनका पाँच शहरमा उडान गर्दै आएको नेपालको निजीक्षेत्रको हिमालयन एयरलाइन्सले तत्कालिका लागि तीन शहरमा आफ्ना उडान स्थगित गरेको छ । 

केही सातादेखि चीनमा आक्रामक रूपमा फैलिएको यो भाइरसका कारण चिनियाँ सरकारले समेत आफ्ना नागरिकहरूलाई बाहिर जान बन्देज लगाएको अवस्थामा तत्कालका लागि चाङसा, कुइयाङ र शन्चेन उडान स्थगित गरेको छ । 

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार कम्पनीले काठमाडौं–पेचिङ र काठमाडौं–चोङ्छिङ उडान भने नियमित नै गर्नेछ । कोरोना भाइरसका कारण तत्कालका लागि यी गन्तव्यमा उडान स्थगित गरिएको भन्दै श्रेष्ठले भने, ‘उक्त भाइरसले नेपालको पर्यटन क्षेत्रमा नकरात्मक प्रभाव पार्छ नै, त्यसैले नेपाल सरकार, पर्यटन बोर्ड, ट्राभल एजेन्सीहरूले चीनबाहेक अन्य देशका गन्तव्यहरू खोज्न ढिलाइ गर्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस