
काठमाडौँ । हिउंदमा वर्षा गराउने पश्चिमी न्यून चापीय प्रणाली सोमबार फेरि नेपालमा प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अबको तीन दिनसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन बिशेष बुलेटिन जारी गर्दै अनुरोध गरेको छ।
मौसमविद्का अनुसार आज मंगलबार दिउँसो पश्चिमी भेगका केही स्थान, मध्य र पूर्वी क्षेत्रका १/२ ठाउँमा हल्का वर्षाको सम्भावना छ। त्यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपात हुनसक्ने छ । पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा पनि हल्का हिमपात हुने सम्भावना छ।
आज राति हल्का वर्षाको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ । आज मंगलबार काठमाडौं उपत्यकामा पनि मौसम आंशिक बदली रहने छ । आज वर्षको सम्भावना भने अती कम रहेको मौसमविदले बताएका छन् । त्यसैले आज दिनभर जाडो हुने देखिन्छ ।
वर्पषा गराउने पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु भने लाग्न छाडेको छ। तर वर्षाको कारण चिसो भने कायम नै रहने बताईन्छ ।
प्रतिक्रिया दिनुहोस