
रुपन्देही । भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउदै गरेका ३ ट्रक अनियंत्रित भई एकआपसमा ठोक्किदा ३ जनाको घटनास्थमै ज्यान गएको छ ।
भैरहवा–परासि सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने ४ छिपागढमा ३ वटा ट्रक एकआपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
विहान हुस्सु लागेर बाटो कठिन भैरहेको बेला अत्याधिक गतिमा रहेका ट्रकहरु ठोक्किएका हुन । भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन, घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना पनि घाइते भएका छन् । घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्षल मेडिकल कलेजमा उपचारको लागि पठाएको छ ।
प्रतिक्रिया दिनुहोस