aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ माघ २०७६
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो

काठमाडौं । चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको बताएका छन् । चिनियाँ अधिकारीका अनुसार उक्त भाइरसका संक्रमितको संख्या पनि ४,००० जनाभन्दा बढी पुगेको छ ।

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस सुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ ।

चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन्  चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ ।

अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ । अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन् ।

चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन । बिबिसी

प्रतिक्रिया दिनुहोस