aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

१० हजार रुपैयाँ घुससहित राजश्व कार्यालयका अधिकृत पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ माघ २०७६
१० हजार रुपैयाँ घुससहित राजश्व कार्यालयका अधिकृत पक्राउ

भरतपुर । चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

विद्युतीय बिजक (बिल) जारी गरिदिने भन्दै करदातासँग लिएको १० हजार रुपैयाँ घुससहित कम्प्युटर अधिकृत रामकुमार अधिकारी पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले अधिकृत अधिकारीलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस