aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

बिरेन्द्रनगर तनावग्रस्त, प्रहरीद्धारा हवाइ फायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ माघ २०७६
बिरेन्द्रनगर तनावग्रस्त, प्रहरीद्धारा हवाइ फायर

सुर्खेत । सुर्खेतको विरेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ ।

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको ट्रिपरको किचेर आज विहान मृत्यु भएको थियो ।

आन्दोलनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी ८ जना भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस