aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरिया जान ठिक्क परेका ५९ युवा परे अनुसन्धानमा

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • बुधबार, १५ माघ २०७६
कोरिया जान ठिक्क परेका  ५९ युवा परे अनुसन्धानमा

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरिया भाषा परीक्षामा उत्तीर्ण ५९ जनाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको छ।

नक्कली परीक्षार्थी राखेर भाषा परीक्षा उत्तीर्ण गरेको आशंकामा उनीहरूको राहदानीसहित अनुसन्धान गर्न विभागले मंगलबार महानगरीय अपराध महाशाखालाई पत्र पठाएको हो। अनुसन्धानमा परेका परीक्षार्थी यस वर्ष नै कोरिया जाने सूचीमा परेका थिए।

महाशाखाले अनुसन्धानका लागि विभागबाट विवरण आएको जनाएको छ। तर अनुसन्धानाम को को परे भन्ने खुलाउन चाहेन। कोरिया भाषा प्रशिक्षण केन्द्रका सञ्चालक र कोरियाबाटै काम गरेर आएका व्यक्तिले मोटो रकम लिएर अर्कैको नाममा परीक्षा दिएका थिए।

प्रतिक्रिया दिनुहोस