aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ल्याण्डलाइनमार्फत् भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्ने प्रक्रिया अघि बढ्यो

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, १५ माघ २०७६
ल्याण्डलाइनमार्फत् भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले भियतनामको सरकारी कम्पनी भएनपीटीसँग सम्झौता गरिसकेको छ । 

कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ल्याण्डलाईनलाई  एफटीटीएचमा रुपान्तरण गरी एउटै सेवाबाट भ्वाइस, भिडियो र डेटा सेवा दिने काम अगाडि बढाएको जानकारी दिए 

प्रतिक्रिया दिनुहोस