aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

शिखर इन्स्योरेन्सलाई ३० प्रतिशत हकप्रदको बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ माघ २०७६
शिखर इन्स्योरेन्सलाई ३० प्रतिशत हकप्रदको बोर्डको अनुमति

काठमाडौं । शिखर इन्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । 

कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर विक्री गर्न माघ १४ गते बोर्डको अनुमति पाएको हो । कम्पनीले असोज २८ गते हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएको थियो । 

इक्रा नेपालले कम्पनीको यो हकप्रदलाई औषतभन्दा माथीको आधार जनाउने ‘इक्राएनपी ग्रेड ३ प्लस’ रेटिङ् दिएको छ । हाल रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार चुक्तापूँजी रहेको कम्पनीको हकप्रद पश्चात रू. १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस