aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मकवानपुरमा गाेली चल्याे, ६ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ माघ २०७६
मकवानपुरमा गाेली चल्याे, ६ जना घाइते

काठमाडौं । मकवानपुरमा गाँजा तस्करलाई पक्रन प्रहरीले गोली चलाएको छ । हेटौंडा–११, थानाभर्‍याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

सोही क्रममा प्रहरीको गाडी दुर्घटान हुँदा प्रहरीसहित ६ जना घाइते भएका छन् ।

बुधबार बिहान १ बजेतिर हेटौंडा–११ मा उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन् ।

पक्राउ पर्नेमा भारत मोजफापुरका अजयमल सवारी, सञ्जिव पाश्वान र जाहेरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

यसैबीच लागूऔषध तस्कर पक्राउ गरेर थानाभर्‍याङबाट हेटौंडा तर्फ आउँदै गरेको वडा प्रहरी कार्यालयको भ्यानलाई बसले ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी सहित पाँचजना प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस