aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता, नेपालको आफ्नै रेल जयनगर जनकपुरमा चल्ने

भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता, नेपालको आफ्नै रेल जयनगर जनकपुरमा चल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ बैशाख २०७६
भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता, नेपालको आफ्नै रेल जयनगर जनकपुरमा चल्ने

काठमाडौ । नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।

ुसम्झौता भइसकेपछि उक्त कम्पनीले अग्रिम बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ, त्यसपछि हामीले अग्रिम भुक्तानी स्वरुप पेश्की दिनु पर्ने हुन्छ,ु सचिव अधिकारीले भने । पेश्की दिएको मितिबाट १ सय २० दिनभित्र रेलको सेट ल्याउनुपर्ने सम्झौता भएको छ । दोस्रो सेट रेल खरिदका लागि पेश्की रकम दिएको १ सय २० दिनमा उपलब्ध गराउनु पर्ने हुन्छ ।

हामीले जुन दिन मोभिलाईजेशन रकम उपलब्ध गराउँछौं, उनले भने, त्यही दिनबाट उसले रेल उपलब्ध गराउनुपर्ने समयको गणना हुन्छ । भारतीय कम्पनीले रेलको सेट पठाएपछि सञ्चालनमा ल्याइने छ । यो काम छिट्टै गर्ने भनेर लागिपरेका छौं, सचिव अधिकारीले भने, सम्झौता भएको करिब १० दिन भित्रमा पहिलो सेट ल्याउने तयारी सुरु हुने छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारका अनुसार जनकपुर(जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट खरिदको सम्झौता भएको हो । हामीले लिन खोजेको डेमो ट्रेन सेट हो, यसलाई डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भन्छ, उनले भने, जुन जयनगर जनकपुरका लागि हो । उनका अनुसार पहिलो सेट ३ देखि ४ महिना भित्रमा आउने छ ।

दोस्रो सेटका लागि भने केही समय लाग्ने छ । रेलको एक सेटमा पाँच वटा डिब्बा रहने छ । ति डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउने छन् । सरकारले रेलको सेट खरिदका लागि गत चैत्रमा विभागलाई स्विकृत दिएको थियो । मन्त्रिपरिषद्‌ले निर्णय गरी ८४ करोड ६५ लाख खर्चिएर खरिद गर्न सरकारले स्विकृत दिएको हो ।

भारतको जयनगरबाट कुर्तासम्म ३४ किलोमिटर छ । पहिलो सेट यही सञ्चालनमा आउने छ । कुर्तासम्म रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नती गरी सकिएको विभागले जनाएको छ । यो वर्ष कुर्तासम्म रेल सञ्चालन हुने छ । जहाँ भौतिक निर्माणको काम सकिसकेको छ । अर्को वर्ष कुर्ताबाट १७ किमि दूरीमा रहेको बिजलपुरासम्म रेल चल्ने सचिव अधिकारीले बताए ।

अहिले विजलपुरामा जग्गा प्राप्तिको काम सकिसकेको छ । निर्माणको काम सुरु गर्ने तयारी भएको उनले बताए । त्यस्तै विजलपुराबाट बर्दिबाससम्म १७ किमि रहेको छ । जहाँ जग्गा लिने काम भइरहेको छ । कान्तिपुर दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस