
एजेन्सी । ब्रिटिस एयरलाइन्सले बुधबारदेखि आफ्नो सबै उडान चीनमा बन्द गरेको छ । कोरोनाभाइरसको संक्रमण नघटेपछि ब्रिटिस एयरलाइन्सले आगामी मार्चसम्म चीनमा उडान नभर्ने जनाएको छ ।
एयरलाइन्सले लन्डनबाट सिधा बेइजिङ र सांघाईका बुकिङसमेत बन्द गरेको छ । त्यहाँको अवस्था सामान्य नभएसम्म उडान नभर्ने जनाएको छ ।
चीनमा अहिलेसम्म कोरोनाभाइरसले १३२ जनाको मृत्यु र ६ हजार बढी संक्रमित भइसकेका छन् । चीनले वुहान सहर बन्द गरेर संक्रमितको उपचार गरिरहेको छ ।
चीनबाट फैलिएको कोरोनाभाइरस अमेरिका, जापान, अफ्रिकाका देशमा समेत देखिइसकेको छ । बुधबार मात्रै अस्ट्रेलिया र युएईमा कोरोनाभाइरस व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस