मोरङ । आफ्नो पतिलाई प्रेमीसँग मिलेर हत्या गर्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले श्रीमती दयावती सरदार र कटहरी गाउँपालिका ७ का बद्री सरदारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
गत माघ ५ गते राति अन्दाजी ८ बजेतिर मोरङ कटहरी गाउँपालिका ७ का विकास सरदारलाई उनकी श्रीमती दयावती र प्रेमी बद्रीले मिलेर हत्या गरेका थिए । उनीहरुले हत्यापछि सरदारको पानीमा डुबेर मृत्यु भएको भनी प्रहरीलाई खबर गरेका थिए ।
विकाशको घरमा बद्री, ललन सरदार र मुकेश सरदार गई रक्सी किनेर खाई विकासलाई गाँउमा तास खेल्न जाउँ भनि ललाई फकाई घटनास्थल लगि फलामको डण्डाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।
उनीहरुले विकासको हत्यापछि ग्रामथान गाउपालिका ३ स्थित ढङटोली स्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा शव फ्यालेका थिए । बद्री र दयावतीबीच प्रेम सम्बन्ध भएकै कारण उनीहरुको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस