
काठमाडाैं । वीरगन्जबाट भारत हिँडेका हिमाञ्चल प्रदेश धौलाकुवाका सुभाष चन्दलाई १२ लाख भारतीय रूपैयाँसहित पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बा६च ७४४० नम्बरको मोटरसाइकलमा सवार चन्दलाई बुधबार पक्राउ गरेको हो ।
मध्याह्न १२ बजे घन्टाघर चोकबाट चन्दलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। उनको साथबाट प्रतिबन्धित दुईसय रूपैयाँको ६०० वटा नोट बरामद भएको प्रहरीले जनाएको छ ।
चन्दलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाएको छ ।
प्रतिक्रिया दिनुहोस